+

आर्मीले बागमतीलाई दियो २६३ रनको लक्ष्य

२०८१ फागुन  २६ गते १३:०४ २०८१ फागुन २६ गते १३:०४
आर्मीले बागमतीलाई दियो २६३ रनको लक्ष्य

२६ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीन खेलहरू भइरहेका छन् ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल भइरहेको छ । आर्मीले बागमतीलाई २६३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ७ विकेट गुमाएर २६२ रन बनायो । सन्तोष कार्कीले सर्वाधिक ७६ रन बनाए । कप्तान विनोद भण्डारी ४७ रनमा अविजित रहे । तृत राज दासले ३६ रन बनाए ।

बागमतीका लागि इशान पाण्डेले ३.४ ओभरमा ११ रन दिएर २ विकेट लिए । रिजन ढकाल र प्रतिश जिसीले पनि समान २ विकेट लिँदा सोनु देवकोटाले १ विकेट लिए ।

यसअघि बागमती पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । आर्मीले भने आज पहिलो खेल खेल्दै छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय