+

कप्तान रोहित र सन्दीपसहित पाँच क्रिकेटर ‘ए’ ग्रेडमा

२०८१ फागुन  २८ गते १८:११ २०८१ फागुन २८ गते १८:११
कप्तान रोहित र सन्दीपसहित पाँच क्रिकेटर ‘ए’ ग्रेडमा

२८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा छन् ।

ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन् । यसअघि ए मा रहेका कुशल भुर्तेल बी मा समावेश छन् ।

ग्रेड बीमा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललितनारायण राजवंशी र अनिल साह छन् भने ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् ।

ग्रेड डी मा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, बिबेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव छन् ।

इमर्जिङमा सातै प्रदेशका १-१ जना छन् । इमर्जिङमा चार प्रदेशका खेलाडी पहिलेकै छन् भने तीन प्रदेशका खेलाडी परिवर्तन भएको छ । तीनमध्ये लुम्बिनीको देव खनाल र बागमतीको रिजन ढकाल ग्रेड सी मा बढुवा भएका छन् ।

बागमतीमा शुभ कंसाकार र लुम्बिनीमा सन्तोष यादव नयाँ छन् । गण्डकीमा यसअघि विपिन खत्री थिए भने अहिले अर्जुन कुमाल छन् ।

कोशीबाट दिपेश कँडेल, मधेशबाट रुपेश सिंह, कर्णालीबाट अर्जुन घर्ती र सुदूरपश्चिमबाट हेमन्धात मी इमर्जिङ क्याटेगोरीमा यथावत छन् ।

ग्रेड ए का खेलाडीहरूले १ लाख रुपैयाँ तलब पाउनेछन् भने ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइनेछ ।

ग्रेडिङ अंग्रेजी वर्षको सुरुको ६ महिनाका लागि लागु हुनेछ र त्यसपछि फेरि मुल्यांकन गरिने क्यानले जनाएको छ ।

No description available.

ग्रेडिङ नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय