 
																			१२ चैत, काठमाडौं । सशस्त्र प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ झिल्के घाँमस्थित दुई घरमा छापा मारेको छ ।
मंगलबार २ वटा घरमा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्सका सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी सुरक्षा गुल्म काँकडभिट्टा र राजस्व अनुसन्धान कार्यालय इटहरीको संयुक्त टोलीले मदन पोख्रेल र उत्तम ठकुरीको घरमा छापा मारेको हो ।
पोख्रेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद भएको सशस्त्रका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले बताए ।
बरामद लत्ताकपडा र मोटर पार्ट्सलाई राजस्व अनुसन्धान कार्यालय इटहरी लैजाने प्रक्रियामा रहेको छ । बरामद सामानको मूल्य करिब एक करोड रहेको सशस्त्रको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4