१५ चैत, काठमाडौं । हामी गणतन्त्रवादी र राजावादीहरूले शुक्रबार राजधानी काठमाडौंमा गरेको छुट्टाछुट्टै प्रदर्शनको लाइभ अपडेट गरिरहेका छौं । छिनछिनको अपडेटका लागि हामीसँगै रहनुहोस् ।
Live Updates
राजावादीको आरोप- तीनकुनेमा प्रहरीले हामीलाई इरिटेड गरायो
राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शुक्रबार दिउँसो तीनकुनेमा प्रहरीले आफूहरूलाई इरिटेड (दिक्क बनाएको) बनाएपछि घटना घटेको बताएका छन् ।

प्रहरीको बन्दुक खोसेको फोटो खिच्दा अनलाइनखबरकर्मीमाथि राजावादीको आक्रमण
प्रदर्शनकारीहरुले सुरक्षाकर्मीहरुको अश्रुग्याँस प्रहार गरेको बन्दुक खोसेको तस्विर खिच्ने क्रममा रहेका बेला उनलाई प्रदर्शनकारीले हुलहुज्जत गरेका थिए । गौतमका अनुसार, उनलाई धकेलेर मोबाइल समेत खोस्न खोजेका थिए ।

‘जडीबुटी कम्पनीमा २५ टन तेल छ, आगो ननिभाए ठूलो क्षति हुनसक्छ’
‘उक्त भवनमा २५ टन तेल छ । आगो सल्किएमा जडीबुटी क्षेत्रको ध्वस्त हुनसक्छ’, यादवले अनलाइनखबरसँग भनिन्, ‘आगो निभाउन कतैबाट पनि अहिलेसम्म पहल भएको छैन ।’
हवाई उडान सुचारु
आन्तरिक तथा बाह्य उडानका जहाजले केही फन्को मारेपछि मात्र अवतरणको पालो पाइरहेका छन् । शुक्रबार साँझ झन्डै एक घण्टा उडान अवरुद्ध भएको थियो ।
राजावादीको गतिविधिमा समाजवादीको भर्त्सना
समाजवादी मोर्चाले भन्यो- राजावादीको उच्छृङ्खल र अराजक कार्यको घोर भर्त्सना एवं निन्दा गर्दछौं ।

तीनकुनेको आगलागीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

राजावादीले जलाए रास्वपा प्रमुख सचेतकको गाडी
राजावादी प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएका छन् ।

दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।

सुरक्षाकर्मीले कर्फ्युको समयमा हवाई यात्रुलाई सहजीकरण गर्ने
सरकारले तीनकुने क्षेत्रमा घोषणा गरेको कर्फ्युको समयमा हवाई यात्रुलाई भने सुरक्षाकर्मीले सहजीकरण गर्ने भएका छन् ।

राजावादीको प्रदर्शनबारे माधव नेपाल- पहिल्यै भनेको थिएँ
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जुन बेला भृकुटीमण्डपमा समाजवादी मोर्चाको गणतान्त्रिक सभालाई सम्बोधन गर्दै थिए, ठिक त्यसै बेला उनको पार्टी कार्यालय तथा भाइको निवासमा आक्रमण हुँदै थियो ।
राजावादीको प्रदर्शन बारे माधव नेपालको अन्तर्वार्ता पढ्नुहोस्-
राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
अनुगमनको क्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक देखिएको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ ।
राजावादी आन्दोलन समितिको आरोप– सरकारले घुसपैठ गराई अशान्ति मच्चायो
समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै सत्ताधारीहरूले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेका हुन् । उनले निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित जनसमुदायबाट समेत आत्मरक्षाका लागि प्रतिकार भएको दावी गरेका छन् ।
प्रदर्शनकारीले फुटाए हिमालय टेलिभिजनको गाडी
समाचार संकलनका लागि सिनामंगल क्षेत्रमा खटिएको बेला बा १९ च ८९६३ नम्बरको गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका थिए । आक्रमणबाट गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ ।
सरकारले भन्यो- दुर्गा प्रसाईंलाई कारबाही गर्छौं
सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ ।

सरकारले भन्यो : कानुन उल्लंघन गर्नेलाई कारबाही हुन्छ
सरकारले पूर्वराजाका समर्थकहरूबाट काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

घाँटीमा लागेको थियो गोली
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जन घाँटीमा गोली लागेर आएका थिए । ‘४:३० बजे अस्पताल आउँदा नै मृत्यु भएको थियो । घाँटीमा गोली लागेको रहेछ,’ आचार्यले अनलाइनखबरसँग भने ।
राजावादीहरूको प्रदर्शनमा घाइते १ जनाको मृत्यु
मृत्यु हुनेमा कीर्तिपुर बस्ने २९ वर्षीय सविन महर्जन रहेको गृहमन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
जडीबुटी कम्पनीमा आगजनी, कर्मचारीले भागेर जोगाए ज्यान
राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले जानकारी दिइन् ।
राजावादी प्रदर्शनमा सुरक्षाकर्मीसहित २२ जना घाइते
प्रहरीले उपलब्ध गराएको अहिलेसम्मको विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको । जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएका छन् ।

प्रदर्शनकारीले कोटेश्वर भाटभटेनीबाट लुटे मोबाइल, घडी र महँगा मदिरा
प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका छन् । भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए ।

विमानस्थल आसपास प्रदर्शनकारीले आगो लगाए, उडान प्रभावित

प्रदर्शनले करिडोर अस्तव्यस्त
गणतन्त्रवादी र राजतन्त्रवादीको प्रदर्शनले काठमाडौं उपत्यकाका प्रमुख सडकहरूमा यातायात आवागमत अस्तव्यस्त भएपछि करिडोरमा सवारी जाम भएको छ ।

पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए ।

कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि ढुंगा प्रहार
राजावादी आन्दोलनकारीहरूले तीनकुनेस्थित कान्तिपुर टेलिभिजन कार्यालयमा पनि तोडफोड गरेका छन् । आन्दोलनकारीहरूले कान्तिपुर कम्पाउन्ड बाहिरबाट ढुंगा प्रहार गरेका हुन् ।
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी
मायाको पहिचान नेपालका तर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिए । ‘आज उजुरी आएको छ । अब कानुनी प्रक्रिया अघि बढाउँछौं,’ एसपी अवस्थीले अनलाइनखबरसँग भने ।
माधव नेपाल निवासमा सुरक्षा तैनाथ बढाइयो
काठमाडौंको कोटेश्वरस्थित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको घरमा सुरक्षा तैनाथ बढाइएको छ ।
कर्फ्यु लागेसँगै काठमाडौंको सडकमा सेना
नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो ।
नेकपा एमालेको कार्यालय नजिक गाडी जलाइयो
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल नजिकै एउटा सवारी साधनमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको छ ।

कर्फ्यु सुरु भएपछि प्रहरीको हवाइ फायर
तीनकुने क्षेत्रमा कर्फ्यु सुरु भएपछि प्रहरीले हवाइ फायर गरेको छ । \'कोही घाइते भए हामी जिम्मेवार हुनेछैनौं\' प्रहरीले भनेको छ ।

गाली गर्दै गाडीले सुरक्षाकर्मीलाई पेल्दै अघि बढेका थिए दुर्गा प्रसाईं
राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईले सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेल्दै निधेषित क्षेत्र तोडेका थिए । आफैले गाडी चलाउँदै उनी अघि बढेको भीडीओमा समेत देखिएको छ । आओ–आओ भन्दै उनी गाडी चलाउँदै अघि बढेको देखिन्छ ।

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक
राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
कोटेश्वर भाटभटेनीमा लुटपाट
प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् । प्रहरीलाई बोलाउँदा पनि नआएको सञ्चालकको गुनासो छ । ‘३ः५८ बजे आईजीपीलाई फोन गरियो । तर अहिलेसम्म कोही आइपुगेन,’ भाटभटेनी स्रोतले भन्यो ।

एकीकृत समाजवादी कार्यालयमा लागेको आगो नियन्त्रणमा आयो
काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार समाजवादीको पार्टी कार्यालयमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको हो ।

काभ्रे प्रहरीले लगायो सवारी साधनलाई उपत्यका प्रवेशमा रोक
काभ्रेबाट उपत्यका प्रवेश गर्न प्रहरीले पूर्ण रूपमा रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपि बसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना सांगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधन रोक लगाइएको छ ।
साथै बिपी राजमार्ग हुँदै काठमाडौं हिंडेका गाडीलाई भकुण्डेवेशीमा र अरनिको राजमार्ग हुँदै काठमाडौं हिडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको छ ।

कोटेश्वर प्रहरी चौकीमा आगलागी
राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर चोकस्थित प्रहरी चौकीमा आगजनी गरेका छन् ।
काठमाडौंमा कर्फ्यु
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

काठमाडौंका एसएसपी भन्छन्– स्थिति अब चाँडै नियन्त्रणमा आउँछ
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी अब स्थिती आउने बताएका छन् । ठूलो संख्यामा प्रहरी थप पठाइएकाले र अन्य युनिटबाट समेत थप टोली आएकाले अब स्थिती नियन्त्रणामा आउने बताए ।

राजावादी मण्डलेहरुको चरित्र काठमाडौंमा देखियोः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी प्रदर्शनका क्रममा देखिएको गतिविधिलाई मण्डले अराजकता भनेका छन् ।
अन्नपूर्ण पोस्टको भवनमा आगजनी
अन्नपूर्णपोस्ट रहेको भवनको तल्लो तलामा राजावादी प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
एकीकृत समाजवादीको कार्यालयमा राजावादीले गरे तोडफोड
राजावादी प्रदर्शनकारीहरूले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा तोडफोड गरेका छन् ।
कोटेश्वर भाटभटेनीमा पनि प्रदर्शनकारीको तोडफोड
राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनीमा तोडफोड गरेका छन् ।
तीनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी
तीन कुने क्षेत्रमा कर्फ्यु लगाउने भन्दै प्रहरीले माइकिङ गरिरहेको छ । प्रदर्शनकारीहरू निजी सम्पत्ति तोडफोड र आगजनीमा उत्रिएपछि प्रशासनले कर्फ्युको तयारी गरेको हो ।

माओवादी पार्टी कार्यालय छिर्ने प्रयास गर्दै प्रदर्शनकारी
काठमाडौंको तीनकुनेबाट तितरबितर राजावादी समर्थक प्रदर्शनकारीहरू कोटेश्वरमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

तीनकुनेबाट गाडीमा सुटुक्क बाहिरिए दुर्गा प्रसाईं
जसंस्था पुनर्स्थापना आन्दोलनका कमान्डर दुर्गा प्रसाई एक निजी गाडीमा चढेर तीनकुनेबाट भर्खरै निस्किएका छन् । त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका उनलाई लिन गाडी आएको थियो ।

पेरिसडाँडा आसपास आगजनी र तोडफोड
तीनकुनेबाट तितरबितर भएका प्रदर्शनकारीले पेरिसडाँडा आसपास गाडीमा आगजनी र बाइड तोडफोड गरिरहेका छन् । आगलागी गरेको ठाउँ दुवैतिर घरहरू रहेका छन् ।

पूर्वराजालाई प्रचण्डको चेतावनी- अर्को गल्ती गरे भोग्न बाँकी केही रहँदैन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गरेका छन् ।

स्थानीय युवाले रोके सरकारी गाडीमा आगजनी
कोटेश्वर पेरिसडाडा नजिक सरकारी गाडीमा राजावादी प्रदर्शनकारीले आगो लगाएपछि स्थानीय युवाले प्रतिकार गरेका छन् । स्थानीयले गाडीको आगो निभाएका छन् । फेरि प्रदशनकारी गाडी भएतर्फ गएका छन् ।

तीनकुने क्षेत्रमा भवनमा गरिएको आगो नियन्त्रणमा
तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीहरूले लगाएको आगजनी नियन्त्रणमा आएको छ ।

निजी सम्पत्तिमा आक्रमण नगर्न प्रसाईंको अपिल
राजावादी आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले निजी सम्पत्तिमा आक्रमण नगर्न अपिल गरेका छन् ।

आन्दोलन नेताको नियन्त्रणमा हुँदैन : रवीन्द्र मिश्र
‘२०४६, २०६२/०६३ को प्रदर्शन हेर्नुभएको छ । कुनै नेताको नियन्त्रणमा थियो ? धनजनको क्षति भएको थिएन ?,’ सञ्चारकर्मीलाई नै प्रतिप्रश्न गर्दै उनले भने, ‘यही भएर नवीन समझदारीमा जाऔँ भनेको हो । नेताको सद्बुद्धि पलाओस् । अन्यथा, यो रोकिनेवाला छैन । यो आन्दोलन तितरतिबर हुँदैन ।’
भृकुटीमण्डपबाट पूर्वराजालाई माधव नेपालको चेतावनी
पेरिसडाडा नजिक सरकारी गाडी तोडफोड
कोटेश्वरको पेरिसडाँडा नजिकै राजावादी प्रदर्शनकारीले सरकारी गाडी तोडफोड गरेका छन् ।
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।

तीनकुनेमा एपीएफको गाडीमा ढुंगामुढा
काठमाडौंको तीनकुनेमा सशस्त्र प्रहरी (एपीएफ) को गाडीमा ढुंगामुढा भएको छ । तीनकुनेस्थित एक घरमा लागेको आगो निभाउन आएको सशस्त्र प्रहरी टोली सवार गाडीमाथि ढुंगामुढा भएको हो ।

झडप चर्किएपछि तीनकुने क्षेत्रमा पसल बन्द गराउँदै प्रहरी
प्रदर्शनकारीले बन्दुक खोस्ने र आगजनी गर्ने घटना भएपछि शान्तिनगर क्षेत्र अशान्त भएको छ । प्रहरीले पसल र कार्यालयहरू बन्द गराइरहेको छ ।
प्रदर्शनकारीले खोसे प्रहरीको बन्दुक
तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेका छन् । अश्रुग्यास प्रहार गर्ने बन्दुक खोसेर प्रदर्शनकारी भिडमा मिसिएका छन् ।

शान्तिनगरमा जम्मा भएर ढुंगा हान्दै प्रदर्शनकारी
शान्तिनगर क्षेत्रमा राजावादी प्रदर्शनकारीहरू भेला भएर ढुंगा हान्न थालेका छन् । भिडलाई रोक्न प्रहरीले पुनः अश्रुग्यास प्रहार गरेको छ ।

आगो निभाउन गएको दमकलमाथि ढुंगा प्रहार
प्रदर्शनकारीले गरेको आगो निभाउन गएको दमकलमाथि ढुंगा प्रहार भएको छ ।

भृकुटीमण्डपमा गणतन्त्रवादीको आमसभा (लाइभ)
भृकुटीमण्डपमा विप्लवको सम्बोधन
गणतन्त्रवादीहरूको प्रदर्शनमा नेकपा महासचिव विप्लवले सम्बोधन गरिरहेका छन् ।
प्रहरीको फायरिङ
प्रदर्शनकारीले आगजनी र ढुंगामुढा गरेपछि प्रहरीले फायरिङ गरेको छ ।

प्रहरीको माइकिङ- घरघर जानुस्, रमिता नहेर्नुस्
तीनकुने पुलदेखि संसद भवनसम्मको क्षेत्रमा प्रहरीले माइकिङ गर्दै खाली गरिरहेको छ । \'घरघर जानुहोस्, रमिता नहेर्नुहोस्\' भन्दै प्रहरीले उक्त क्षेत्र खाली गराइरहेको हो ।
प्रदर्शनकारीहरूले स्थानीयको केही घरमा आगो लगाइरहेका छन् । आगो निभाउने दमकल पुगिसकेको छैन ।

नयाँबानेश्वरमा सुरक्षा व्यवस्था थप कडाइ
संसद भवन रहेको नयाँबानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तीनकुनेबाट राजावादीहरु निषेधित क्षेत्र तोडेर आउन थालेपछि थप सुरक्षाकर्मी थपिएको हो । संसद भवन अगाडिको सडकमा तीन तहमा छेकबार राखिएको छ । पैदलयात्रीलाई पनि रोकिएको छ । संसद भवनको वरिपरि सुरक्षा तैनाथी गरिएको छ ।

घरबाट कागजात निकालेर आगजनी
तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीहरूले घरभित्रबाट कागजात निकालेर आगो लगाएका छन् ।

भृकुटीमण्डपमा सम्बोधन गर्दै नेसपा अध्यक्ष यादव
भृकुटीमण्डपमा चलिरहेको गणतन्त्रवादीको सभामा नेसपा अध्यक्ष महेन्द्रराय यादवले सम्बोधन गरिरहेका छन् ।
मीनभवनमा तारबार
प्रदर्शनकारीको घुसपेठ हुनसक्ने भन्दै प्रहरीले मीनभवन अगाडि बलियोगरी बार लगाएका छन् ।
निषेधित क्षेत्र तोड्न उक्साउँदै धवल शम्शेर
अहिले धवल शम्सेर राणाले आफ्ना समर्थकहरुलाई एकत्रित हुन र निषेधित क्षेत्र तोड्न उक्साइरहेका छन् ।
भृकुटीमण्डपमा पम्फा भुसालको सम्बोधन
‘..२४० वर्षको विरासत २०५८ को हत्याकाण्डले नै अन्त्य भएको थियो । तर, त्यसको केही समयपछि नेपालबाट विधिवत रुपमा राजावादी विदा भएको हो ।’

तीनकुनेमा भिडन्त, भृकुटीमण्डपमा सांगीतिक प्रस्तुति
तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा भिडन्त भइरहँदा भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले सांगीतित प्रस्तुती दिइरहेका छन् । मणि थापा लिखित \'ओ गणतन्त्र\' बोलको गीत गाइरहेका छन् ।
राजावादीको कार्यकर्ताले तीनकुनेमा रहेका मार्बल हाउसको सिसा फुटाइदियो
तीनकुनेमा भएको राजावादी आन्दोलनमा आएका प्रदर्शनकारीले मार्वल हाउसको सिसा ढुंगाले हानेर फुटाइदिएका छन् ।

तस्वीर : शंकर गिरी/ अनलाइनखबर
घरका सिसामा ढुंगा हान्दै प्रदर्शनकारी
प्रदर्शनकारीहरूले ढुंगा हान्दा तीनकुनेको मार्बल हाउसको झ्यालको सिसा पूर्ण रूपमा क्षति भएको छ। घर भित्रै प्रवेश गरेर सामान बाहिर फालिरहेका देखिन्छन् ।
घर भित्र प्रहरी रहेको आशंकामा घरमा ढुंगा प्रहार भइरहेको छ । तर प्रहरी देखिंदैन । ढुंगा प्रहारबाट घरको सिसा फुटाइएको छ । घरभित्र मानिसहरू छन्। छतबाट मानिसहरूले प्रहरी नभएको हातको इसाराले भनिरहेका छन् ।


बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्थामा थप कडाइ
कोटेश्वर क्षेत्रमा झडप भएपछि बानेश्वर क्षेत्रमा सुरक्षामा थप कडाइ गरिएको छ ।
तीनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं, संयमित हुन आह्वान
प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो ।
ड्रोनबाट यस्तो देखियो राजावादीको प्रदर्शन (तस्वीरहरू)
प्रदर्शनकारीले क्षति पुर्याएको घर
तिनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं, संयमित हुन आह्वान
प्रहरीले बल प्रयोग गर्दा राजावादीको कार्यक्रम बिथोलिएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा तिनकुनेमा तनाव भएको थियो ।

भिड एकत्रित गर्दै राजावादी नेताहरू
राजावादी नेताहरूले बिथोलिएको भिडलाई एकत्रित गर्ने प्रयास गरिरहेका छन् ।

तीनकुनेमा व्यक्तिका घर तोडफोड
काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।

https://www.onlinekhabar.com/2025/03/1650646/a-persons-house-was-vandalized-in-tinkune
कार्यक्रम बिथोलिएपछि सम्बोधन स्थल छाडेर हिँडे राजावादी नेता
राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् ।

प्रदर्शनको दिन संसद् बैठक राखेकोमा विपक्षीको आपत्ति
शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले विरोध गरे । त्यसपछि सभाध्यक्ष नारायण दाहालले राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्न समय दिए ।

तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलियो
काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रम बिथोलिएको छ ।

अश्रुग्यास प्रहारपछि तीनकुने क्षेत्र तनावग्रस्त
अश्रुग्यास प्रहारपछि तीनकुने क्षेत्र तनावग्रस्त ।

समाजवादी मोर्चाको आमसभा, भृकुटीमण्डप #LIVE
https://www.onlinekhabar.com/2025/03/1650604/this-is-what-the-samajwadi-fronts-demonstration-looked-like-live
तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोज्ने केही राजावादीलाई प्रहरीले लियो नियन्त्रणमा
काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार
काठमाडौं तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

राजावादीको र्यालीमा आज पनि योगी आदित्यनाथको फोटो प्रदर्शन
राजावादीहरु पृथ्वीनारायण शाह, महेन्द्र, ज्ञानेन्द्र र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीरसहित प्रदर्शनमा सहभागी छन् ।

समाजवादी मोर्चाको र्याली : कुन रुटमा कुन नेताले गर्दैछन् नेतृत्व ?
समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ । अहिले उपत्यकाका विभिन्न क्षेत्रबाट भृकुटीमण्डपका लागि जुलुस निस्किएका छन् ।
सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन
काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको छ ।

राजावादी–गणतन्त्रवादी प्रदर्शन तयारी : यस्तो देखियो काठमाडौंको सडक
गणतन्त्रवादी र राजावादीहरूले काठमाडौं उपत्यकामा आज गर्न लागेको प्रदर्शन सुरु नहुँदै काठमाडौंको यातायात व्यवस्था प्रभावित भएको छ ।
तयार भयो समाजवादी मोर्चाको मञ्च, प्रदर्शनीमार्गमा सवारी निषेध
समाजवादी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शनीमार्गमा मञ्च व्यवस्थापनको तयारी सकेका छन् ।

राजावादी–गणतन्त्रवादी प्रदर्शन : काठमाडौंमा कति मान्छे उत्रिँदैछन् ? कस्तो छ सुरक्षा प्रबन्ध ?
समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रका एक नेताका अनुसार प्रत्येक प्रदेश कमिटीहरुलाई १०–१० हजारको दरले समर्थक भेला पार्न भनिएको छ । फागुन २५ गते ज्ञानेन्द्र शाहको स्वागतमा धेरै सङ्ख्यामा मानिसहरु भेला हुँदा उत्साहित राजावादीहरुले आज त्योभन्दा धेरै व्यक्तिहरु भेला पार्ने तयारीमा छन् ।





default[/caption]

प्रतिक्रिया 4