+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आईपीयूको महासभामा सोबिताको सम्बोधन- युवाको नेतृत्वमा युद्ध पनि इतिहास बन्न सक्छ (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १३:१५

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले अबको युवा पुस्ता परिवर्तनका लागि दशकौं कुन तयार नभएको बताएकी छिन् ।

उज्बेकिस्तानको राजधानी तासकन्दमा आयोजित १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभालाई सम्बोधन गर्ने क्रममा उनले भाँचिएको प्रणालीलाई सुधार गर्न युवाहरू आएको जिकिर गर्दै शान्तिका लागि पनि हतार गर्नुपर्ने अवस्था आएको बताइन् ।

‘संसार युद्ध, हिंसा र विभाजनतर्फ जाँदैछ, हामी युवाहरू शान्ति, एकता र मानवीयताको बाटो देखाइरहेका छौं,’ सांसद गौतमले भनेकी छिन्, ‘यदि युवालाई नेतृत्वको अवसर दिइयो भने युद्ध पनि इतिहास बन्न सक्छ ।’

सम्बोधनको क्रममा सांसद गौतले भविष्यका पुस्ताहरूका लागि पनि धर्ती जोगाउन चाहेको बताउँदै राजनीतिमा युवाहरूको अझै धेरै खाँचो रहेको बताइन् ।

‘यो सभाबाट आग्रह गर्छु, हामीले युवालाई अझ धेरै राजनीतिमा ल्याऔं, संसद्मा ल्याऔं,’ गौतमले भनेकी छिन्, ‘निर्णय गर्ने ठाउँहरूमा ल्याऔं । युवाले ल्याउने ऊर्जा, विचार र गतिले आजको विश्वलाई अगाडि बढाउन सक्नेछ ।’

सम्बोधनको सुरुवातमा गौतमले आफू बुद्धको जन्मभूमिबाट प्रतिनिधित्व गरेको जानकारी गराएकी थिइन् ।

जनताको आवाजलाई नीति बनाउने र जनताको पीडालाई सुरक्षा दिने आफूहरूको जिम्मेवारी भएको सांसद गौतमको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?