 
																			२५ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रको विकास गर्नसके मात्रै समृद्धितर्फ जान सकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित विद्युत् नियमन आयोगको छैठौं वार्षिक उत्सवको अवसरमा बोल्दै उहाँले समृद्धिका लागि उर्जा क्षेत्रको विकास अपरिहार्य रहेको बताएका हुन् ।
उनले विद्युत् प्राधिकरणले आफ्नो विद्युत उत्पादनसँगै प्रशारण, विक्री वितरणमा समेत जोड दिएको उनले बताए ।
‘विद्युत् प्राधिकरणले आफ्नो विद्युत उत्पादन प्रशारण वितरण तथा सेवा पुर्याउने कार्यमा पर्ने नियामकीय अप्ठ्याराहरूमा नियमन आयोगसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘आगामी दिनमा नेपाल विद्युत् प्राधिकरणले विभिन्न समयमा निभाउँदै आएको कतिपय नियामकीय भुमिका विस्तारै कानुनले तोकेअनुसार प्रतिस्थापन हुँदै विद्युत् नियमन आयोगबाट हुँदै जानेछ ।’
शाक्यका अनुसार विद्युत् प्राधिकरणले आफैं गर्दै आएका कतिपय नियमनहरु विद्युत् नियमन आयोगको कार्यक्षेत्रभित्र परेको हुनसक्ने बताउँदै त्यस्तो नियमनको पाटोलाई विस्तारै प्रतिस्थापन गर्दै आयोगबाटै गरिने स्पष्ट पारे ।
शाक्यले अघिल्ला आयोगका पदाधिकारीहरूले तयार गरेको आधारशिलामा टेकेर वर्तमान आयोग नेतृत्वले काम गर्नुपर्ने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4