+
+
Shares

नोरा फतेहीले काठमाडौंमा सांस्कृतिक सम्पदास्थल घुम्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते २१:२२

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • नोरा फतेही काठमाडौं आउँदैछिन् र उनी तीन दिनको कार्यक्रमको लागि नेपाल पुग्ने भएकी छन्।
  • उनले काठमाडौंमा ‘मिट एण्ड ग्रीट’ र ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रमहरूमा भाग लिनेछिन् र प्रस्तुति दिनेछिन्।
  • कार्यक्रमको लागि टिकट खल्ती र आइएमई पे मार्फत बिक्री भइरहेको छ र यसले शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘ह्युमन रेस्पेक्ट नेपाल’लाई सहयोग पुर्‍याउनेछ।

काठमाडौं । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेही शुक्रबार काठमाडौं आउँदैछिन् । पहिलो प्रस्तुतिको लागि आउन लागेकी नोरा नेपालमा ३ दिन रहनेछिन् ।

आयोजक वर्ल्डवाइड फिल्म्स नेटवर्कले फतेहीको काठमाडौंका कार्यक्रमबारे जानकारी गराएको छ । शुत्रबार दुबईबाट काठमाडौं आउन लागेकी उनले सोही दिन आयोजना हुने ‘मिट एण्ड ग्रीट’मा भाग लिनेछिन् ।

शनिबार बेलुका बौद्धस्थित हायातको चौरमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’मा उनले प्रस्तुति दिने कार्यक्रम छ । उनी २० भन्दा धेरै डान्सरसहित काठमाडौं आउन लागेकी हुन् ।

आइतबार बिहान उनले वसन्तपुर दरबार स्क्वायरसहितका सांस्कृतिक र पर्यटकीय सम्पदाको भ्रमण गर्नेछिन् । आइतबार अपरान्ह उनी दुबई फिर्ने कार्यक्रम रहेको इभेन्ट म्यानेजर मनीष कार्कीले बताए ।

अहिले खल्ती र आइएमई पेबाट धमाधम टिकट भैरहेको आयोजक वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने कार्यक्रमका लागि फतेही आउन लागेकी हुन् ।

कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?