
News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरमा मादक पदार्थ सेवन गरी सहचालकले चलाएको बस दुर्घटना भएको छ ।
- बस घरको कम्पाण्ड र मन्दिरमा ठोक्किएको थियो ।
- प्रहरीले सहचालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
३० वैशाख, काठमाडौं । भक्तपुरमा मादक पदार्थ सेवन (मापसे) गरेर सहचालकले बस चलाउँदा दुर्घटना भएको छ ।
मंगलबार राति २ः२० बजे मध्यपुरथिमि नगरपालिका-९ निकोसेरास्थित दुवाकोट मोडबाट निकोसेरातर्फ जाँदै गरेको बस दुर्घटना भएको थियो । बा. प. ०१–००६ ख ५९९८ नम्बरको भाडाको बस सानुमाया धौबन्जारको चारतले पक्की घरको कम्पाउण्डमा गएर ठोक्किएको थियो । बस ठोक्किएपछि घरको सटर र मन्दिरमा क्षति पुगेको थियो ।
लगत्तै प्रहरीले बस चलाउने व्यक्ति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ घर भएका २० वर्षीय अनिल खत्रीलाई पक्राउ गरेको थियो । उनी चालक नभई सहचालक रहेको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।
उनका अनुसार राति मापसे गरेर सहचालक खत्रीले बस लिएर हिंडेका थिए । बस र चालकलाई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4