+
+
Shares

तारागाउँ रिजेन्सीको नाफा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते ९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तारागाउँ रिजेन्सीले ९ महिनामा ३३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
  • कम्पनीको सञ्चालन आम्दानी ८ करोड रुपैयाँले बढेको छ र कुल आम्दानी १ अर्ब २१ करोड पुगेको छ।
  • कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २० पैसा र सेयर मूल्य ९६१ रुपैयाँ रहेको छ।

३१ वैशाख, काठमाडौं । तारागाउँ रिजेन्सी (हायात होटल)ले ९ महिनामा ३३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा समीक्षा अवधिमा सामान्य बढेको छ । गत वर्षको यसै अवधिमा खुद नाफा ३३ करोड ३२ लाख रुपैयाँ थियो ।

सञ्चालन आम्दानी करिब ८ करोड रुपैयाँ बढेको छ । कुल आम्दानी पहिले १ अर्ब १३ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब २१ करोड छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ २० पैसा छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ५९ पैसा छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ९६१ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?