
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा इलेक्ट्रिक सवारीसाधनको स्वीकृति र प्रयोग दर उच्च रहेको छ, जसले वातावरणीय र आर्थिक फाइदा पुर्याउँछ।
- प्रोटोन ई.मास ७ जस्ता उच्च क्षमता र सुरक्षा मापदण्ड भएका इलेक्ट्रिक गाडीहरू नेपाली बजारमा उपलब्ध छन्, जसले उच्च प्रदर्शन र सुरक्षित सुनिश्चितता गर्दछ ।
- नेपालमा इलेक्ट्रिक गाडीहरूको प्रयोगले पेट्रोलियम आयात घटाउँछ, वातावरण संरक्षणमा मद्दत गर्दछ र सरकारको समर्थन प्राप्त छ।
काठमाडौं । विद्युतीय सवारीसाधान (ईभी) आयात र ‘एडाप्टेसन’ उच्च दरमा गर्ने विश्वकै अग्रणी देशमा पर्छ नेपाल ।
व्यवसायीका अनुसार अहिले ईभीको एडाप्टेसन नेपालमा करिब ८० प्रतिशत छ । नेपालमा ४० भन्दा बढी ब्रान्डका ईभी भित्रिने गरेको छ ।
नेपाली बजार, भूगोल सुहाउँदो ईभी कस्तो हो ? नेपाली बजारमा ईभीको महत्त्व के छ ? व्यावसायिक घराना जगदम्बा ग्रुपले नेपालमा भर्खरै भित्र्याएको ‘प्रोटोन ई.मास ७’ बारेमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालसँग गरिएको कुराकानीका आधारमा अनलाइनखबरले तयार पारेको सामाग्री :
नेपालमा पछिल्लो समय ईभीको एडाप्टेसन बढिरहेको छ । जुन अत्यन्तै सकारात्मक हो । तर, ईभी किन्दा धेरै कुरामा ध्यान दिनुपर्छ । नेपालको आफ्नै उत्पादनका रूपमा रहेको जलविद्युत् उपयोग र यसले दिने आर्थिक फाइदा पनि ईभीसँग जोडिएको छ ।
एक त पेट्रोलियम पदार्थको आयात कम हुन्छ, जसले हाम्रो वैदेशिक मुद्रा सञ्चिति बढ्छ । यस्तै वातावरण प्रदूषण रोक्न पनि यसले मद्दत गर्छ, जसले हाम्रो अन्तर्राष्ट्रिय फोरममा उपस्थिति बलियो बनाउँछ ।
हाम्रो ईभीमा एडाप्टेसन राम्रो छ, सरकारले यसमा बाधा नपुर्याए अझै राम्रो हुन्छ ।
जहाँसम्म हामीले आयात गर्ने ईभीको कुरा छ । हामीले ल्याउने प्रोटोन चीनको दोस्रो सबैभन्दा ठूलो कम्पनी जिलीकै उत्पादन हो । नेपाल आउने ई.मास ७ गाडी चीनमा ‘ग्यालेक्सी ई–५’ भनेर चल्ने गरेको छ । गाडी चीनमै बन्छ, जिलीले नै गाडी बनाउने हो ।
विशेषगरी दायाँ हाते सवारीसाधन चल्ने देशमा प्रोटोनको लोगोमा यो गाडी बिक्री हुँदै आएको छ । प्रोटोनको गाडी उत्पादन गर्ने जिली कम्पनी विश्वकै उत्कृष्ट ब्रान्डहरूको सेयर धनी पनि हो ।

हामीले उच्च मोटर क्षमता भएको गाडी पनि कम मूल्यमा गाडी दिइरहेका छौं । हाम्रो १६० किलोवाट मोटर भएको गाडी र अन्य १०० किलोवाट मोटर भएको गाडी पनि मूल्य लगभग उस्तै छ । प्रोटोनको ई.मास ७ प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ भने प्रिमियमको ६७ लाख ९९ हजार पर्छ ।
उदाहरणका लागि एउटा गाडीको १००० सीसी क्षमता छ भने हाम्रो १६०० सय सीसी छ, तर मूल्य बराबर छ । कम मूल्यमा उच्च माइलेज र शक्तिशाली मोटर क्षमता भएको छ । हामीले ल्याएको ई.मास ७ ईभीमा सर्ट ब्लेड ब्याट्री प्रयोग हुन्छ । यो ब्लेड ब्याट्रीभन्दा पनि उच्च सुरक्षित हुन्छ । भविष्यमा अन्तर्राष्ट्रिय ठूला कम्पनी यही ब्याट्री प्याकमा आउँदैछ ।
टुभेल इन वान ब्याट्री प्याक रहेको यसमा मोटर इफिसिएन्सी ९०.०२ प्रतिशत छ । नेपालमा आएको यो सेग्मेन्टमा सबैभन्दा उच्च इफिसिएन्सी हो । प्रोटोनको पहिलो ईभीका रूपमा रहेको यो ई.मास ७ ग्लोबल मोडुलर आर्किटेक्चर (जीएमए) प्लेटफर्ममा निर्माण भएको छ ।
कस्तो छ सेफ्टी ?
यसको अर्को मुख्य विशेषता भनेको यो गाडीको एक्स्टेरियर (बडी) उच्चस्तरको स्टिलले निर्माण भएको छ । १ हजार ५ सय मेगापास्कल (एमपीए) को स्टिल प्रयोग हुन्छ । जसले गर्दा गाडी उच्चरूपमा सुरक्षित हुन्छ ।
अन्य सेफ्टीका कुरा गर्दा २ लेभल एडभान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम छ भने ३६० डिग्री भ्यु क्यामेरा र एसियन एनक्याप सेफ्टी रेटिङमा ५ स्टार पाएको छ । प्राइम र प्रिमियम दुवैमा ६ वटा एयर ब्याग छ । यसमा २.५ के रिजोलुसन सहित १५.४ इन्चको टचस्क्रिन डिस्प्ले छ ।
शक्तिशाली मोटर
ई.मास ७ मा १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ भने यसलाई शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टा पुग्न ६.९ सेकेन्डमात्र लाग्छ । त्यसैगरी १ सय किलोमिटर प्रतिघण्टाबाट रोक्न ३५ मिटर ब्रेकिङ दुरीमात्र चाहिन्छ ।
ई.मास ७ को प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लूएलटीपी अनुसार सिंगल चार्जमा ३ सय ४५ किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी प्रिमियम भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लूएलटीपी अनुसार सिंगल चार्जमा ४ सय १० किलोमिटर रेन्ज दिन्छ ।
यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २० मिनेटमात्र लाग्छ । १० मिनेट चार्ज गर्दा यसलाई १ सय ३५ किलोमिटरसम्म कुदाउन सकिन्छ ।
यसको प्रिमियम भर्सनमा कारको इन्टेरियरमा भेन्टिलेटेड सिट छन् भने प्रशस्त लेगरुम छ । यस्तै ई.मास ७ मा ३३ स्टोरेज कम्पार्टमेन्ट छन् । यसमा उच्च प्रविधि सहित १६ स्पिकर साउन्ड वेभ सिस्टम छ । यस्तै २५६ रङको एम्बियन्ट लाइटिङ समेत छ ।
फोटो :आर्यन धिमाल
प्रतिक्रिया 4