News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरमा आगामी जेठ ४ देखि १० सम्म टी–१० क्रिकेट च्याम्पियनसिप आयोजना हुँदैछ।
- प्रतियोगितामा ७ टिमले भाग लिनेछन् र यसको उद्घाटन खेल एन बि एस सि लायन्स र विराटनगर क्रिकेट क्ल्ब एकाडेमी बिच हुनेछ।
- खेलको प्रत्यक्ष प्रसारण मकालु टेलिभिजन मार्फत हुनेछ।
२ जेठ, काठमाडौं । विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजनामा हुने जनाइएको छ ।
प्रतियोगिता आगामी जेठ ४ गते देखि १० गतेसम्म विराटनगर-६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा एन बि एस सि लायन्स, विराटनगर क्रिकेट क्ल्ब एकाडेमी, एग्रो भेट क्रिकेट क्ल्ब, विराटनगर प्यान्थर्स , युनाइटेड लायन हर्ट्स , मिल्स क्रिकेट क्ल्ब, कोशि प्राइड लिग गरी कुल ७ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको उद्घाटन खेल एन बि एस सि लायन्स र विराटनगर क्रिकेट क्ल्ब एकाडेमी बिच हुनेछ। खेल दिवा र रात्रिकालीन समयमा सञ्चालन हुनेछ ।
खेलको प्रत्यक्ष प्रसारण मकालु टेलिभिजन बाट हुनेछ।
प्रतिक्रिया 4