+
+
Shares
हुम्ला फलोअप :

लेदोसहितको पहिरोले जलविद्युत्‌मा क्षति, कुलो र खानेपानी बगायो

नरजन तामाङ नरजन तामाङ
२०८२ जेठ ४ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका–६ तिलमा १ जेठको राति पहिरोले १८ घरधुरी प्रभावित भएका छन्।
  • सशस्त्र प्रहरी र स्थानीयले ३२ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन्।
  • पहिरोका कारण पाँच वटा काठे पुल बगाएको र घर, जलविद्युत् भवन, र सिचाँई प्रणालीमा क्षति पुगेको छ।

४ जेठ, हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ आसपास लेदोसहितको ठूलो पहिरोले १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ ।

यस्तै पहिरोले करिब ४ सय रोपनीमा सिचाँई गर्ने कुलो र खानेपानी समेत बगाएको छ ।

यसैगरी पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ  भने बस्तीमा पहिरो बसेको छ ।

सोनाम साङमु लामाको घरको छत पहिरोका कारण प्वाल परेको छ । छे बुटी लामाको घर चर्किएको छ । धर्मशालाको छत समेत भत्किएको छ ।

१ जेठको राति ११ बजेदेखि आएको पहिराले केही बस्ती समेत उच्च जोखिममा परेको छ ।

उच्च जोखिममा परेपछि ३२ जनालाई खुल्ला चौरमा सारेर त्रिपाल टाँगेर राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् । यो गाउँमा ५० घरधुरी मध्ये १८ घरधुरी अहिले बसोबास गर्दै आएका थिए ।

घटनास्थलमा अहिले सशस्त्रको बीओपी हिल्साबाट वरिष्ठ हवल्दार लोकबहादुर बुढाको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दारको कमाण्ठमा ६ जना गरी १३ जनाको टोली खटिएको छ ।

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले पनि के कति कारणले लेदोसहितको पहिरो आयो भन्ने यकिन नभएको बताएका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

 

   

 

 

हुम्ला हिमपहिरो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?