+
+
Shares
हुम्ला फलोअप-८ :

तिलगाउँ हिमपहिरो : अहिलेसम्म के-के भयो ? (टाइमलाइनसहित)

समुद्री सतहदेखि ३ हजार ९४८.३४ मिटरको उचाइमा रहेको सुन्दर तिलगाउँ बाढीले विद्रुप बनेको छ । एकैठाउँ गुजुमुज्ज भएका घर अहिले खाली छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा १ जेठदेखि घर जोखिममा परेका स्थानीय चार दिनदेखि त्रिपालमुनि बसिरहेका छन्।
  • बाढीले तिलगाउँको सुन्दर क्षेत्रलाई विद्रुप बनाएको छ र घरहरू खाली भएका छन्।
  • हिमताल फुटेर आएको बाढीले पाँच वटा काठे पुल बगाएको र घरहरू क्षतिग्रस्त भएका छन्।
  • धर्मशालाको छत समेत भत्किएको र जलविद्युत् भवन, मेसिन, कुलोमा क्षति पुगेको छ।
  • स्थानीय सरकारले केही गर्न नसकेको र केन्द्र सरकारको टोलोसम्म पुग्न सकेको छैन।

५ जेठ, काठमाडौं । हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका-६ तिलगाउँका स्थानीय १ जेठदेखि त्रासमा छन् । बसोबास गर्दै आएको घर जोखिममा परेपछि ४ दिनदेखि त्रिपालमुनि बस्न बाध्य छन् ।

समुद्री सतहदेखि ३ हजार ९४८.३४ मिटरको उचाइमा रहेको सुन्दर तिलगाउँ बाढीले विद्रुप बनेको छ । एकैठाउँ गुजुमुज्ज भएका घर अहिले खाली छन् ।

हिमताल फुटेर लेदो सहितको बाढी आएपछि तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको थियो । सोनाम साङमु लामाको घरको छत पहिरोका कारण प्वाल परेको छ । छे बुटी लामाको घर चर्किएको छ । धर्मशालाको छत समेत भत्किएको छ । १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ । करिब ४ सय रोपनी जमिनमा सिंचाइ गर्ने कुलो र खानेपानी समेत बगाएको छ ।

स्थानीय सरकार तिलगाउँमै पुगे पनि केही गर्नसक्ने अवस्था छैन । केन्द्र सरकार भने अहिलेसम्म यो ठाउँमा पुग्नै सकेको छैन । हिमपहिरो आएदेखि अहिलेसम्म केन्द्र सरकार नपुगेको तिलगाउँमा के-के भए ?

हुम्ला हिमपहिरो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?