+
+
Shares

कर्णाली सरकारले तिलगाउँमा एक सातापछि पठायो राहत

हिमपहिरो गएको एक सातापछि बिहीबार प्रदेश सरकारले राहत सामाग्री पठाएको हो । दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँबासी विस्थापित बनेका छन् ।

नरजन तामाङ नरजन तामाङ
२०८२ जेठ ८ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली सरकारले एक सातापछि हुम्लामा हिमपहिरोबाट विस्थापित परिवारलाई राहत सामग्री पठाएको छ ।
  • हिमपहिरोको कारण मानवीय क्षति नभए पनि भौतिक क्षति ठूलो भएको छ।
  • राहतमा ५ सेट टेन्ट, खाद्यान्न, सोलार र म्याट्रेस सेट समावेश छन् ।

८ जेठ, हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका-६ को तिलगाउँमा आएको हिमपहिरोले विस्थापित भएकाहरूलाई कर्णाली प्रदेश सरकारले एक सातापछि राहत सामाग्री पठाएको छ । हिमपहिरो गएको एक सातापछि बिहीबार प्रदेश सरकारले राहत सामाग्री पठाएको हो ।

जेठ १ गते राति दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँबासी विस्थापित बनेका छन् ।

नाम्खाका वडा अध्यक्ष पाल्जोर लामाका अनुसार २१ जनाको परिवार ३३ जना त्रिपालमा बसिरहेका छन् । हिमपहिरोका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलो भएको छ ।

५ सेट टेन्ट (अस्थायी घर) २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेस सेट लगाएतका राहत सामाग्रीहरू पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको माग बमोजिम राहत पठाइएको मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । तिलगाउँको बाढी पहिरोको कारण पता लगाउन तीन जना सरकारी टोली आजै तिल गाउँ हिडेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली बिहीवार हुम्लाबाट तिल गाउँको लागि प्रस्थान गरेको छ।

टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा छन् ।

वडा अध्यक्ष लामाका अनुसार हिमपहिरोले तिलखोला लघुजलविद्युत् आयोजनादेखि खेत, कुलो, खानेपानी, धर्मशालामा ठूलो क्षति पुगेको छ ।

हुम्ला हिमपहिरो
लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?