+
+
Shares

हुम्ला पहिरो : लघु जलविद्यतुमा १ करोड २० लाखको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १५:१७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा पहिरोले १ करोड २० लाख लागतको जलविद्युत् आयोजना र खानेपानी प्रणालीलाई क्षति पुर्‍याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
  • पहिरोका कारण तिलगाउँमा घर, पुल, जलविद्युत् भवन र सिँचाइ प्रणालीमा व्यापक क्षति भएको छ।

६ जेठ, काठमाडौं । हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा बाढी र पहिरोले लघु जलविद्युत पुरिँदा एक करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई. दिनेश भट्टले मंगलबार सो जानकारी दिएका हुन् ।

बाढीपहिरोले खानेपानीमा पनि क्षति पुगेको छ । खानेपानी मर्मतका लागि पाइप पुर्‍याइसकेको भट्टले बताए । अब १८ सय मिटर पाइप जान बाँकी रहेको उनको भनाइ छ । ओभरसियर अहिले तिलगाउँमै बसेर काम सुरु गरेको उनको भनाइ छ ।

नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामासहितको राहतको टोली पनि घटनास्थल पुग्ने उनले बताएका छन् । साथै विपद व्यवस्थापन प्राधिकरणबाट पनि एउटा टोली त्यहाँ जाने ई. भट्टले बताए ।

‘आज नै हाम्रो टोली त्यहाँ पुग्दैछ । त्यसमा स्ट्रक्चरल इन्जिनियर, जिओलोजिस्ट, हाइड्रोलोजिस्ट र विपदविज्ञ गरी चार जना हुनेछन्’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीले गाइड गरेअनुसार उनीहरुले त्यहाँको अवस्थाबारे अध्ययन गर्नेछन् ।’

पहिरोका कारण त्यहाँका बासिन्दाहरु अहिले स्कुल र पाल मुनि बसेको पनि उनले बताए ।

१ जेठको राति एक्कासी आएको बाढी र पहिरोले तिलगाउँ जोखिममा छ । समुद्री सतहदेखि ३ हजार ९४८.३४ मिटरको उचाइमा रहेको सुन्दर तिलगाउँ विद्रुप बनेको छ । एकैठाउँ गुजुमुज्ज भएका घर अहिले खाली छन् ।

बाढीले तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको थियो । सोनाम साङमु लामाको घरको छत पहिरोको कारण प्वाल परेको छ । छे बुटी लामाको घर चर्किएको छ । धर्मशालाको छत समेत भत्किएको छ ।

१५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ । करिब ४ सय रोपनी जमिनमा सिंचाइ गर्ने कुलो र खानेपानी समेत बगाएको स्थानीयले बताएका छन् ।

हुम्ला हिमपहिरो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?