
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई राहत सामग्री उपलब्ध गराउने निर्देशन दिए।
- बैठकले विस्थापितका लागि हेलिकप्टरबाट राहत सामग्री र स्थलगत अध्ययनका लागि टोली पठाउने निर्णय गर्यो ।
- मन्त्री लेखकले प्राविधिक टोलीले स्थलगत अध्ययन गर्न र रिपोर्ट तयार गर्न निर्देशन दिए र आवश्यक समन्वय गर्न भने।
५ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।
सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरूलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
मन्त्री लेखकले विस्थापितका लागि तत्काल हेलिकप्टरबाट राहत सामग्री र स्थलगत अध्ययनका लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिए ।
बैठकमा मन्त्री लेखकले तत्काल विस्थापितहरूलाई खाने-बस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिए ।
राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न मातहतका निकायलाई उनले निर्देशन समेत दिए ।
हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन् । अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएका छन् ।
त्यसैगरी बैठकमा मन्त्री लेखकले प्रि-मनसुन पूर्व नै विपद् प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वय थाल्न निर्देशन दिए ।
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सात वटै प्रदेश र ७७ वटै जिल्लाका सुरक्षा समितिसँग छलफल गरी प्रि-मनसुन पूर्व नै तयारी थाल्न निर्देशन दिए ।
साथै विपद् प्रतिकार्यमा निजी संघ, सस्थाहरूसँग भएको स्रोत साधन र क्षमतालाई समेत उपयोग गर्ने गरी समन्वय तथा सहकार्य गर्ने व्यवस्था मिलाउन मन्त्री लेखकले जोडदिए ।
त्यसैगरी बैठकमा बोल्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले तत्काल राहत वितरणलाई अघि बढाउन जोड दिए । उनले जलवायु परिर्वतनका कारण हिमाली क्षेत्रमा उच्च जोखिम रहेको बताए ।
प्रतिक्रिया 4