+
+
Shares

कञ्चनपुर र बाजुरामा शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते ६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा ५५ वर्षीय पुरुषको शव फेला परेको छ, नाम र वतन खुल्न सकेको छैन।
  • बाजुरामा ६० वर्षीय रुपजंग कार्की मृत भेटिएर घटनाको अनुसन्धान भइरहेको छ।
  • दुई ठाउँमा मृत भेटिएका व्यक्तिहरूको घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

५ जेठ, धनगढी । कञ्चनपुर र बाजुरामा दुई जना मृत अवस्थामा भेटिएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ को खल्लास्थित महाकाली नदीको किनारामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको छ ।

उनको नाम थर र वतन नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।

यस्तै, बाजुरामा पनि एक जना मृत भेटिएका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को घाघरामा सोही ठाउँ बस्ने ६० वर्षीय रुपजंग कार्की मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?