 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न जीएसएमएसँग हस्ताक्षर गरेको छ।
- जीएसएमए विश्वभरिका मोबाइल सेवा प्रदायकको छाता संगठन हो।
- सिद्धान्तले डिजिटल समावेशीकरण र पहुँचको खाडल हटाउन मोबाइल सेवाप्रदायकलाई प्रेरणा दिन्छ।
- एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक हो जसले यी सिद्धान्तमा हस्ताक्षर गरेको छ।
- एनसेलले सधैं अन योजना, ग्राहक सेवा, अपाङ्गता अनुकूल कार्यालय र खेलकुद सशक्तिकरण जस्ता पहलहरू गर्दै आएको छ।
काठमाडौं । एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै जीएसएमएले जारी गरेको अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तमा हस्ताक्षर गरेको छ ।
जीएसएमए विश्वभरिका मोबाइल सेवा प्रदायक कम्पनीको छाता संगठन हो । जीएसएमएका यी सिद्धान्तले डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँचको खाडल हटाउन विश्वभरिका मोबाइल सेवा प्रदायकलाई प्रेरणा र मार्गनिर्देश गर्दछ ।
जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाको पहुँच र यसका अवसरबाट पाइने लाभ समान रूपमा सुनिश्चित गराउनुपर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ ।
यी सिद्धान्तमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी हो । यो उपलब्धिले एनसेलका हाल जारी विभिन्न पहल तथा प्रयासलाई थप बलियो बनाउँछ ।
यस्ता कार्यमा अपाङ्गता भएका व्यक्तिका लागि ‘सधैं अन योजना’ अन्तर्गत डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्र, पूर्णरूपमा अपाङ्गतामैत्री कार्यालय संरचना, नेपालका पारा खेलाडीलाई सशक्त बनाउने सहकार्य लगायत पहल समावेश छन् ।
एक अग्रणी जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा एनसेलले समावेशीकरण, दिगोपन र उद्देश्य प्रेरित नवप्रवर्तन कार्यमा केन्द्रित रहँदै आएको छ ।
अब एनसेलले आफ्ना सेवाको पहुँच अझै सहज बनाउँदै लैजाने, समावेशी ग्राहक अनुभव प्रवर्द्धन गर्ने र समुदायसँग सहकार्य गर्दै सकारात्मक प्रभाव सिर्जना गर्नेजस्ता कार्य गर्दै जाने छ ।
एक हस्ताक्षरकर्ताका रूपमा एनसेलले एक्सेसिबिलिटी अर्थात् पहुँच योग्यतालाई आफ्नो संस्थागत रणनीतिमा समावेश गर्ने, समावेशी सेवा तथा सुविधा डिजाइन गर्ने र अपाङ्गता भएका व्यक्ति समुदायसँग सक्रिय रूपमा संलग्न भई उनीहरूको विशेष आवश्यकता बुझ्न र समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।
‘हामीले केवल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवामात्र उपलब्ध गराइरहेका छैनौं, हामी मानिसलाई सशक्त बनाइरहेका छौं । जीएसएमएसँग अपाङ्गता भएका व्यक्तिको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने यी सिद्धान्त मार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोरुन् भन्ने सुनिश्चित गर्न महत्त्वपूर्ण कदम अगाडि बढिइरहेका छौं,’ एनसेलको एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखालक्ष्मी खड्काले भनिन्, ‘हातोमालो गर्दै हामीले डिजिटल दुनियाँमा सफल हुने समावेशी र सशक्त समाज निर्माण गर्ने लक्ष्य राखेका छौं ।’
यो सहकार्यसँगै एनसेलले विश्वभरिका दूरसञ्चारका अग्रणीमाझ आफूलाई सामेल गराउँदै मोबाइल प्रविधि अझ समावेशी बनाउन एकसाथ काम गर्ने भएको छ, जसले अपाङ्गता भएका व्यक्तिलाई सेवामा कनेक्टेड मात्र नबनाइ उनीहरुको सशक्तीकरणमा मद्दत प्रदान गर्ने छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4