
News Summary
Generated by OK AI. Editorially reviewed.- झापा प्रहरीले तीन भारतीय ट्रक नियन्त्रणमा लिएको छ, जसमा ३ करोड ६१ लाख बढीको अवैध सामान रहेको छ।
- उक्त ट्रकहरू इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले नियन्त्रण गरेको हो।
- ट्रकहरूलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ।
५ जेठ, काठमाडौं । साढे ३ करोड बढीका अवैध सामान बोकेका तीन भारतीय ट्रक झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।
एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीन वटा ट्रक इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । उक्त ट्रकमा ३ करोड ६१ लाख बढीका अवै्ध सामान रहेको झापाका प्रहरी प्रवक्ता प्रवीण श्रेष्ठले बताए ।
उक्त ट्रकलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4