+

एमसीसीमाथि नेपालको फराकिलो जित

२०८२ जेठ  ६ गते ७:२५ २०८२ जेठ ६ गते ७:२५
एमसीसीमाथि नेपालको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले युकेमा अभ्यास खेलमा मेरिलबोन क्रिकेट क्लबलाई १२४ रनले पराजित गर्यो।
  • नेपालले ४५ ओभरमा ३३५ रन बनाएको थियो, जसमा दिपेन्द्र सिंह ऐरी र भीम शार्कीले शतकीय इनिङ खेले।
  • म्याट नोरिस र लियाम नेलरले क्रमशः ५६ र ५४ रन बनाए, नेपालका सोमपाल कामीले ३ विकेट लिए।

६ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग २ शृंखलाअघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मेरिलबोन क्रिकेट क्लब (एमसीसी)सँगको अभ्यास खेलमा १२३ रनको जित निकालेको हो ।

४५ ओभरको खेलमा नेपालले दिएको ३३६ रनको लक्ष्य पछ्याएको एमसीसी ३५.३ ओभरमा २१२ रनमा अलआउट भयो । म्याट नोरिसले ५६ रन बनाए । लियाम नेलरले ५४ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। कुशल भुर्तेल र नन्दन यादवले २–२ विकेट लिए भने, रिजन ढकाल, करण केसी र बसीर अहमदले १–१ विकेट हात पारे।

पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा ६ विकेटको क्षतिमा ३३५ रन बनायो। नेपालका लागि दिपेन्द्र सिंह ऐरी र भीम शार्कीले शतकीय इनिङ खेलेर टिमलाई बलियो स्कोरसम्म पुर्‍याए। दुवै ब्याट्सम्यान ‘रिटायर्ड आउट’ भएका थिए ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय