+
+
Shares

स्रोत नखुलेको २५ लाखसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते २०:१०

६ जेठ, काभ्रेपलाञ्चोक। काभ्रेपालञ्चोक र भक्तपुरको सिमाना साँगाबाट स्रोत नखुलेको २५ लाखसहित दुई जना पक्राउ परेका छन ।

काभ्रेको बनेपा नगरपालिका १४ साँगाचोकबाट सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १ बस्ने वर्ष २१ को राजन धमाला र सप्तरी जिल्ला छिन्नमस्ता गाउँपालिका ६ बस्ने बर्ष ३८ को संजय कुमार साहलाई स्रोत नखुलेको नगद पच्चिस लाख रुपैया सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएस्पी एवं सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए ।

उनीहरुलाई प्रहरी सहायक निरीक्षक भगवान अधिकारीको कमाण्डमा ट्राफिकसहित खटिएको संयुक्त चेकिङ टोलिले चेक जाँचको क्रममा पनौतीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख २४१६ नंवरको यात्रुबाहक बसमा सवार अवस्थामा पक्राउ गरिएको थियो।

उनीहरु दुवै जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यलय धुलिखेलमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?