+

समीर रिज्भीको अविजित अर्धशतकमा दिल्लीले पञ्जाबलाई हरायो

२०८२ जेठ  १० गते २३:४९ २०८२ जेठ १० गते २३:४९
समीर रिज्भीको अविजित अर्धशतकमा दिल्लीले पञ्जाबलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिल्ली क्यापिटल्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गर्‍यो।
  • समीर रिज्भीले अविजित ५८ रन बनाएर दिल्लीलाई जित दिलाए।
  • पञ्जाबले २०६ रन बनाएपछि दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

१० जेठ, काठमाडौं । युवा ब्याटर समीर रिज्भीको अविजित अर्धशतकमा दिल्ली क्यापिटल्सले शीर्ष २ को होडमा रहेको पञ्जाब किङ्सलाई पराजित गरेको छ । दिल्लीले पञ्जाबलाई ६ विकेटले हराएको हो । 

पञ्जाबले दिएको २०७ रनको लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । रिज्भीले २५ बलमा अविजित ५८ रनको पारी खेले । करुण नायरले ४४ तथा केएल राहुलले ३५ रन बनाए । 

पञ्जाबका हरप्रित ब्रारले २ विकेट लिँदा प्रविण दुबे र मार्को यानसेनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर २०६ रन बनाएको थियो । कप्तान श्रेयस अय्यरले ५३ रन बनाउँदा मार्कस स्टोइनिसले १६ बलमा अविजित ४४ रन बनाए ।

दिल्लीका मुस्तफिजुर रहमानले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । विपराज निगम र कुलदीप यादवले २-२ तथा मुकेश कुमारले १ विकेट लिए ।

योसँगै १३ खेलमा १७ अंक भएको पञ्जाब दोस्रो स्थानमा यथावत् छ । शीर्ष २ मा पुग्न अझै पनि चारवटै टोलीको सम्भावना छ ।

यसअघि बिहीबार शीर्षको गुजरात, शुक्रबार दोस्रोमा रहेको बेंगलुरुले पनि प्लेअफ होडबाट बाहिरिएका टोलीसँग हार बेहोरेका थिए ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय