+

आईपीएल भविष्यबारे धोनीले भने : निर्णय लिन प्रशस्त समय बाँकी छ

२०८२ जेठ  १२ गते १३:२८ २०८२ जेठ १२ गते १३:२८
आईपीएल भविष्यबारे धोनीले भने : निर्णय लिन प्रशस्त समय बाँकी छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमएस धोनीले आईपीएलको आगामी सिजन खेल्ने वा नखेल्ने निर्णय गर्न अझै हतार नगरेको प्रतिक्रिया दिएका छन्।
  • उनले भने, \'म खेल्दिनँ भनेर भन्न पनि चाहन्न, खेल्नेछु भनेर पक्का छैन\' र निर्णय गर्न ४-५ महिना समय छ।
  • आफ्नो सन्यासको निर्णय प्रदर्शनमा निर्भर नहुने पनि उनले स्पष्ट पारे।

१२ जेठ, काठमाडौं । चेन्नई सुपर किंग्सका स्टार खेलाडी तथा यस सिजनका निमित्त कप्तान एमएस धोनीले आईपीएलको आगामी सिजन खेल्ने वा नखेल्ने भन्ने निर्णय गर्न प्रशस्त समय बाँकी भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार टोलीको अन्तिम लिग खेलमा गुजरात टाइटन्सलाई हराएपछि धोनीले अहिलेका लागि होमटाउन राँची फर्किने र बाइक राइडको मज्जा लिने योजनामा रहेको बताएका हुन् ।

‘म खेल्दिनँ भनेर भन्न पनि चाहन्न, खेल्नेछु भनेर पनि पक्का छैन’ ४३ वर्षीय धोनीले भने, ‘अहिले निर्णय गर्न कुनै हतार छैन। मसँग ४-५ महिना समय छ, त्यसपछि सोचेर निर्णय लिन्छु।’

धोनीको उमेर आउँदो जुलाईमा ४४ वर्ष पुग्नेछ जसको मतलब अर्को सिजन सुरु हुँदा उनी ४५ वर्षको नजिक हुनेछन् । उनले भने, ‘हरेक वर्ष फिट रहन अझ बढी प्रयास गर्नु पर्छ। यो प्रोफेशनल क्रिकेट हो – केवल प्रदर्शन हेरेर खेल्ने या नखेल्ने निर्णय हुँदैन। चाहना, फिटनेस र टिमलाई चाहिएको योगदान कति दिन सक्छु भन्ने कुरा महत्त्वपूर्ण हो।’

उनले प्रदर्शनकै आधारमा सन्यास लिने कुरालाई भने नकार्दै यदि प्रदर्शनको आधारमा सन्यास लिन थालियो भने युवा खेलाडीहरूले २२-२३ वर्षमै खेल्न छाड्ने टिप्पणी गरेका थिए ।

आईपीएलको अन्त्यतिर राम्रो प्रदर्शन गरेपनि सिजनभर चेन्नईको प्रदर्शन कमजोर रह्यो। टोलीले १४ मध्ये केवल ४ खेल जितेर इतिहासमै पहिलोपटक पुछारमा रहेर सिजन टुंग्यायो। प्लेअफको दौडबाट सबैभन्दा पहिले बाहिरिने टोली पनि चेन्नई नै थियो ।

आइतबारको अन्तिम खेलमा भने चेन्नईले सिजनकै उत्कृष्ट प्रदर्शन गर्दै २३० रनको योगफल बनाएर गुजरातलाई १४७ रनमा समेट्यो। खेलपछि अहमदाबादको भीडले धोनीको सम्भावित अन्तिम खेल सम्झेर ‘धोनी, धोनी’को नारा लगाएका थिए ।

सिजनको बीचमा कप्तान ऋतुराज गायकवाड घाइते भएपछि पूर्वकप्तान रहिसकेका धोनीले कप्तानी सम्हालेका थिए।

एमएस धोनी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय