+
+
Shares

आज एकैदिन भूकम्पका तीन धक्का

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १९:२७

१४ जेठ, काठमाडौं । आज एकै दिन भूकम्पका तीन वटा धक्का महसुस गरिएको छ ।

बझाङ र कास्कीमा फरक-फरक समयमा गरी तीन वटा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

यसअघि आज बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीकै फूलिबाङ आसपास क्षेत्रमा ४.४ र दिउँसो १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?