
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा दुई जना दम्पतीलाई २६ लाख रुपैयाँ बराबरको सुनका गहना ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
- उनीहरूले विदेशी मुद्रा साट्न सहयोग गर्ने भ्रामक प्रस्ताव गरी सर्वसाधारणलाई ठगेका थिए।
- जिल्ला प्रहरी परिसर काठमाडौंले पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ।
२१ जेठ, काठमाडौं । २६ लाख रुपैयाँ बराबरका सुनका गहना ठगेर फरार भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ का ३८ वर्षीय दानबहादुर तामाङ र २६ वर्षीय दानबहादुर तामाङ छन् ।
उनीहरूले २६ लाख रुपैयाँ बराबरका सुनका गरगहना ठगी गरेको आरोप छ । काठमाडौंका विभिन्न स्थानका सर्वसाधारणलाई ठगेको प्रहरीको भनाइ छ । आफूहरू विदेशबाट भर्खरै आएको बताउँदै उनीहरूले विदेशी मुद्रा साट्न सहयोग गरे रकम दिने भन्दै झुक्याएर गहना लिएर भाग्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूलाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4