News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले समर्थकहरूलाई खेल मैदानभित्र प्रवेश नगर्न आग्रह गर्यो।
- स्कटल्याण्डमाथि जितपछि समर्थकहरू मैदानमा प्रवेश गरेपछि यो निर्णय आएको हो।
- क्यानले सुरक्षित र अनुशासित समर्थनको लागि सबैलाई अनुरोध गरेको छ।
२१ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटप्रेमी समर्थकहरूलाई खेल अवधिभर वा खेलपछि पनि खेल मैदानभित्र प्रवेश नगरिदिन आग्रह गरेको छ।
क्यानले एक सार्वजनिक सन्देश जारी गर्दै भनेको छ, ‘हरेक नारादेखि हरेक तालीसम्म, तपाईंहरूको ऊर्जा नै नेपाल क्रिकेटको प्रेरणा हो। तर, सबैको सुरक्षाको हितमा र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार, खेल क्षेत्रभित्र प्रवेश नगर्न अनुरोध गरिएको हो।’
यो अनुरोध नेपालले स्कटल्याण्डलाई हराएपछि उत्साहित समर्थकहरू मैदानमा ओइरिएपछि आएको हो। गत सोमबार भएको लिग २ को खेलमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेपछि त्यहाँ ठुलो संख्यामा रहेका समर्थकहरू मैदानभित्रै प्रवेश गरेका थिए ।
क्यानले दर्शकहरूको उत्साह र समर्थनको प्रशंसा गर्दै भनेको छ, ‘तपाईंहरूको समर्थन नै टिम नेपालको धड्कन हो। तर सुरक्षित र अनुशासित समर्थन नै हाम्रो सामूहिक जिम्मेवारी हो।’
नेपालले लिग २ कै शृंखलाअन्तर्गत आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।
प्रतिक्रिया 4