+
+
Shares

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालका भाञ्जाविरुद्ध पनि मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ जेठ काठमाडौंमा ९३ जनाविरुद्ध मुद्दा दायर गर्यो।
  • मामाअभिभावक पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र भान्जा मनोज न्यौपाने समेत छन्।
  • मुद्दामा सनराइज बैंकले पतञ्जली जग्गा सट्टा–पट्टा प्रकरणमा कर्जा दिएको र कर्जा चुक्ता भइसकेको बताइएको छ।

२२ जेठ, काठमाडौं । पतञ्जलि जग्गा सट्टा-पट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाञ्जाविरुद्ध पनि मुद्दा दायर भएको खुलेको छ ।

पूर्वप्रधानमन्त्री नेपालका भाञ्जा तथा सनराइज बैंकका तत्कालीन उपप्रबन्धक मनोज न्यौपानेविरुद्ध मुद्दा दायर भएको हो । न्यौपाने पूर्वप्रधानमन्त्री नेपालका आफ्नै भान्जा हुन् ।

यो प्रकरणमा मामा-भान्जा (माधव नेपाल र मनोज न्यौपाने) सहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सनराइज बैंकले उक्त जग्गा धितो राखेर कर्जा दिएको थियो । कर्जा भने चुक्ता भइसकेको बताइएको छ । त्यतिबेला कर्जा प्रवाह गर्दा न्यौपाने पनि बैंकको उपप्रबन्धक रहेको भन्दै उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

 

पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?