+

पहिलो पटक तेक्वान्दोको एनटिए राष्ट्रिय टिम च्याम्पियनसिप हुने

२०८२ जेठ  २२ गते १५:१४ २०८२ जेठ २२ गते १५:१४
पहिलो पटक तेक्वान्दोको एनटिए राष्ट्रिय टिम च्याम्पियनसिप हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल तेक्वान्दो संघले असार १ र २ गते काठमाडौंमा पहिलो पटक एनटिए नेसनल टिम च्याम्पियनसिप २०२५ आयोजना गर्ने घोषणा गर्यो।
  • प्रतियोगिता ग्यरोगी विधामा मात्र हुनेछ र ७०० भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा छ।
  • विजेतालाई स्वर्ण पदक, ट्रॉफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ, कूल पुरस्कार राशि ३ लाख रुपैयाँ छ।

२२ जेठ, काठमाडौं । नेपाल तेक्वान्दोको संघको आयोजनामा पहिलो पटक एनटिए नेसनल टिम च्याम्पियनसिप २०२५ आयोजना हुने भएको छ ।

तेक्वान्दो संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ग्यरोगी विधाको राष्ट्रिय टिम च्याम्पियनसिप आगामी असार १ र २ गते हुने जानकारी दिएको हो ।

तेक्वान्दो खेलको ग्यरोगी विधामा मात्र आयोजना हुने यस टिम प्रतियोगिता विश्व तेक्वान्दोको टिम ग्यरोगीको नियम बमोजिम आयोजना हुने संघले जनाएको छ ।

यस प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा क्याडेट महिला टिम तथा क्याडेट पुरुष टिम साथै १५ देखि १७ वर्ष उमेर समूहमा जुनियर महिला टिम तथा जुनियर पुरुष टिम गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय स्तरको टिम फाईट प्रतियोगितामा देश भरका करिब ७०० जना तेक्वान्दो खेलाडीहरुले सहभागिता जनाउने संघको अपेक्षा छ ।

प्रत्येक विधाको विजेता टिमलाई स्वर्ण पदक, प्रमाणपत्र तथा टिम प्रथम ट्रफीसहित नगद ५० हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै उपविजेता टिमलाई रजत पदक, प्रमाणपत्र तथा ट्रफीसहित नगद २५हजार पुरस्कार प्रदान गरिनेछ । कूल पुरस्कार राशी ३ लाख रहेको छ ।

प्रतियोगिताको अनुमानित बजेट करिब १२ लाख ५५ हजार रहेको र सम्पूर्ण खर्च नेपाल तेक्वान्दो संघले व्यवस्थापन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताको उच्च व्यवस्थापन र सफल आयोजनाका लागि प्रतियोगिता सञ्चालन गर्न ३० जना निर्णायक टोलि, २ जना प्राविधिक र १० जना स्वयम्सेवकहरु परिचालन गरिनेछन् ।

यस नयाँ प्रवृत्तिको तेक्वान्दो प्रतियोगिताको आयोजनाले नेपाली तेक्वान्दो खेलाडीहरुमा छुट्टै जोस तथा उत्साह ल्याउन महत्वपूर्ण भूमिका खेल्ने संघले जनाएको छ ।

एनटिए तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय