
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले काठमाडौं महानगरपालिका–३ सामाखुसी रानीबारीबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गर्यो।
- पक्राउ परेकालाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास सहित नियन्त्रणमा लिइएको छ।
- पक्राउ परेकामा ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा जुवातास सञ्चालन गरेको खुलासा भयो।
२५ जेठ, काठमाडौं। जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३ सामाखुसी रानीबारीबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।
५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा सञ्चालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4