
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको बैठक फेरि सरेर साढे ५ बजे बस्ने निर्णय भयो।
- संसद सचिवालयले विशेष कारण उल्लेख गर्दै बैठक स्थगित गरेको जानकारी दिए।
- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरे पनि सत्तापक्ष तयार छैन।
२५ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक सवा ३ बजेलाई सर्यो । फेरि पनि बैठक बसेन । बरु अर्को बैठक साढे ५ बजे बस्ने गरी पुनः सरेको छ ।
यसको कारणमा संसद सचिवालयले विशेष कारण उल्लेख गर्ने गरेको छ ।
‘प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ५ः३० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ पछिल्लो पटक जारी सूचनामा उल्लेख छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।
यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ । जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् ।
त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।
प्रतिक्रिया 4