+

एसियन कप छनोट : नेपालले लाओससँग खेल्दै

२०८२ जेठ  २७ गते ११:०४ २०८२ जेठ २७ गते ११:०४
एसियन कप छनोट : नेपालले लाओससँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आज लाओससँग AFC एसियन कप छनोटको तेस्रो चरणको खेल न्यु लाओस स्टेडियममा खेल्दैछ।
  • प्रशिक्षक म्याट रोसले घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको बताएका छन्।
  • लाओसको प्रशिक्षक हा ह्याओक जुन र कप्तान मोउन्फाचान कोउनकोङले तीन अंकको लागि खेल्ने बताएका छन्।

२७ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज लाओससँग खेल्दैछ । नेपाल र लाओसबीचको खेल मंगलबार साँझ नेपाली समय अनुसार पौने ६ बजे न्यु लाओस स्टेडियममा सुरु हुनेछ ।

नेपाल लाओससँग हालसम्म अपराजित रहँदै आएको छ । यसअघि भएका ६ खेलमा नेपालले ४ खेल जित्दा दुई खेल बराबरीमा सकिएका छन् । आजको खेलमा पनि अपराजित नतिजालाई निरन्तरता दिँदै जितको लक्ष्यमा हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको बताएका छन् । लाओस घरेलु टोलि भएकोले कुनै गल्ती गर्न नहुने प्रशिक्षक रोसले मंगलबार बेलुका भएको प्रि कन्फ्रेन्समा बताएका थिए ।

‘मलाई लाग्छ । लाओस पूर्णरुपमा संगठित टोली हो । अत्यन्त आक्रमक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न सक्छ,’ प्रशिक्षक रोसले भने, ‘त्यसैले पनि हामीले भोलीको खेललाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौ । त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेका छन् ।’

त्यस्तै लाओस फुटबल टिमका दक्षिण कोरियाली प्रशिक्षक हा ह्याओक जुनले पनि ३ अंककै लागि खेल्ने बताएका छन् । लाओसको टिमले एक साता जापानको ओसाकामा ट्रेनिङ गरेको थियो ।

‘हामी तीन अंक जोड्ने प्रयास गर्नेछौं । नेपाल हामी भन्दा वरियतामा माथि रहनुका साथै राम्रो टिम भएपछि खेलाडीप्रति विश्वास छ । जापानमा भएको ट्रेनिङमा राम्रो गरेको छ’ जुनले भने ।

लाओसका कप्तान मोउन्फाचान कोउनकोङले जापानमा गरेको ट्रेनिङले सहयोग पुग्ने बताएका छन् । ‘जापानमा गरेको प्रशिक्षकले हाम्रो टिमलाई खेल जित्नका लागि तयार बनाएको छ’ उनले भने ।

समूह एफमा रहेका नेपाल र लाहोस दुवैले छनोटको पहिलो खेलमा हार व्यहोरेका थिए । त्यसैले दुवै टोली अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल अहिलेसम्म लाहोससँग नहारेकोले यो खेल जित्दै छनोटमा अंक जोड्ने योजनामा छ ।

यस खेलमा नेपालका फरवार्ड अन्जन विष्टलाई पनि गोलको कीर्तिमान बनाउने अवसर हुनेछ । अन्जनले नेपालका लागि १३ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हरि खड्का र निराजन रायमाझीसँग शीर्षमा छन् ।

लाओसविरुद्ध गोल गरेमा उनी नेपालका लागि सर्वाधिक गोलकर्ता बन्नेछन् ।

एएफसी एसियन कप छनोट नेपाली फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय