
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले थप छलफल आवश्यक भन्दै संसद् बैठक स्थगित भएको छ।
- भिजिट भिसा प्रकरणमा अध्ययन र छानबिनको शब्दसहित दुई बुँदे मस्यौदा अघि बढ्नेछ।
- प्रचण्डले सहमति जुटाउन थप छलफल आवश्यक रहेको बताए र भोलि बैठक टुंगिने अपेक्षा व्यक्त गरे।
२९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप छलफल गर्नुपर्ने बताएपछि आज पनि संसद् बैठक नचल्ने भएको छ ।
भिजिट भिसा प्रकरणमा अध्ययन तथा छानबिन भन्ने शब्द राखेर दुई बुँदे मस्यौदा अघि बढ्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार, यसबारे सहमतिका लागि रास्वपाले थप समय मागेको हो ।
प्रचण्डले सत्तारुढ दलका नेताहरूसँग लिखित प्रतिबद्धता हुनेगरी अघि बढ्ने प्रस्ताव गरेका थिए । सोही प्रस्ताव अनुसार करिब सहमति जुटेको प्रचण्डले बताए ।
‘अझै केही हामीले छलफल गर्न पाउनुपर्यो । हामी पनि केही कुरा गरौं । भोलि चाहिँ यो टुंगिन्छ,’ उनले भने, ‘रास्वपाका साथिहरूले अलि छलफल गर्न चाहनुभयो । भोलि सभामुख कतिबजे भन्नुहुनछ त्यतिबजेदेखि सदन खुल्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4