News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत उसुमा बागमतीले ४ स्वर्ण जित्यो।
- छात्र नान छ्वानमा बागमतीका विजय वाइबा पहिलो भए र ७.१७ अंक जोडे।
- करातेमा बागमतीकी मनीषा खडेकाले छात्रामा स्वर्ण जितिन् र प्रिन्स शाह पुरुष ४७ केजीमुनि पहिलो भए।
२९ जेठ, काठमाडौं । राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत उसुमा बागमतीले ४ स्वर्ण जितेको छ । उसुको पहिलो चारै स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । १२ स्पर्धा समावेश छन् ।
छात्र नान छ्वानमा बागमतीका विजय वाइबा पहिलो भए । उनले ७.१७ अंक जोडे । सुदूरपश्चिमका योगेश चौधरी दोस्रो तथा कर्णालीका तुफान कुँवर तेस्रो भए । सो स्पर्धाको छात्रामा बागमतीकी बबिता ठाडा मगर पहिलो भइन् । बबिताले ६ स्कोर गरिन् ।
सुदूरपश्चिमकी ज्ञानु विक दोस्रो तथा कर्णालीकी सन्ध्या राणा क्षेत्री तेस्रो स्थानमा रहे । त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगिताको छात्र छाङ छ्वानमा बागमतीका लभ्सन आले मगर सर्वाधिक ७ अंक जोड्दै पहिलो बने ।
कर्णालीकी भूपेन्द्र बुढा दोस्रो तथा सुदूरपश्चिमका मिलन ओखेडा तेस्रो भए । उक्त स्पर्धाको छात्रामा बागमतीकी मारिया राईले स्वर्ण जितिन् । मारियाले ६.८८ अंक जोडिन् । सुदूरपश्चिमकी दीपिका चौधरीले रजत तथा कोशीकी रेशिका काम्वाङले कांस्य हात पारे ।
करातेमा प्रथम र मनीषालाई स्वर्ण
राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत करातेतर्फ एकल काताको छात्रमा बागमतीका प्रथम मानन्धर र छात्रामा लुम्बिनीकी मनीषा खडेकाले स्वर्ण जितेका छन् ।
छात्रमा कर्णालीका ज्ञानेन्द्र सुनारले रजत तथा गण्डकीका बसन्त परियार र लुम्बिनीका सचित कर्माचार्यले कांस्य हात पारे । छात्रामा बागमतीकी आर्या श्रेष्ठ दोस्रो तथा गण्डकीकी मनीषा गुरुङ र सुदूरपश्चिमकी रितिका लुहारले कांस्य जिते ।
सातदोबाटोस्थित कराते हलमा भएको पुरुष ४७ केजीमुनि मधेशका प्रिन्स शाह पहिलो भए । उनले फाइनलमा सुदूरपश्चिमका छत्र थापालाई पराजित गरे । बागमतीका मिलन मगर तथा कर्णालीका नरेन्द्र अधिकारीले कांस्य प्राप्त गरे ।
प्रतिक्रिया 4