
१ असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर मोरङले आइतबार विराटनगरस्थित ४ वटा साना डेरी पसलहरूका दूधको गुणस्तर परीक्षण गरेको छ ।
कार्यालयले खाद्य पदार्थमा स्वच्छता कायम गर्न घुम्ती प्रयोगशाला ‘मोबाइल भ्यान’ प्रयोग गरी दूधको स्थलगत गुणस्तर जाँच गरेको हो ।
उक्त डेरीहरूका दूध परीक्षण गर्दा दूधमा मिसावट नपाइएको खाद्य अनुसन्धान अधिकृत तथा सूचना अधिकारी प्रवेश पोखरेलले जानकारी दिए ।
यस्तै कार्यालयले ती डेरी पसललाई सरसफाइमा सुधार गर्न निर्देशन दिएको छ । अनुगमनमा विराटनगर महानगरपालिकाको समेत सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4