
४ असार, काठमाडौं । आँधिखोलामा नदीजन्य पदार्थ उत्खननको विरोध गर्नेलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
स्याङ्जाका एसपी दधीराम न्यौपानेका अनुसार, मंगलबारको कुटपिटमा संलग्न भएको आरोपमा साजन पङ्गेनीलाई हिजो राति पक्राउ गरिएको छ । एसपी न्यौपानको अनुसार अन्य आठ जनाविरुद्ध जाहेरी परेको छ ।
स्याङ्जास्थित वालिङ–९ मा आँधिखोला उत्खननको विरोधमा मंगलबार कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमको अगुवाई गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरूमाथि आक्रमण भएको थियो ।
वालिङ–१० का वडाध्यक्ष सुनिल खनाल सहितका व्यक्तिले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मेघ आले र नेतृत्व क्षमता विभागका केन्द्रीय सदस्य दिनकर नेपाललाई कुटपिट गरेका थिए । आले नदी संरक्षण अभियन्ता हुन् ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष खनाल घटनापछि सम्पर्कविहीन छन् ।
प्रतिक्रिया 4