+
+
Shares

अञ्जली अधिकारी अब फिल्म अभिनयमा, ‘आहुति २’मा देखिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्युजिक भिडियोकी चर्चित मोडल अञ्जली अधिकारीले फिल्म ‘आहुती’को दोस्रो भागमा डेब्यु गर्ने भएकी छन्।
  • चलचित्र विकास बोर्डले यसलाई निर्माण इजाजत दिएको छ र अञ्जलीको नाम पनि इजाजतपत्रमा उल्लेख छ।
  • अञ्जलीसँगै विष्णु सापकोटाले पनि दोस्रो भागमा अभिनय गर्नेछन्, र यसअघिका कलाकारहरू निरन्तरता पाउनेछन्।

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल अञ्जली अधिकारीले फिल्ममा डेब्यु गर्ने भएकी छन् । भवानी संग्रौलाले निर्माण गर्न लागेको फिल्म ‘आहुती’को दोस्रो श्रृंखलामा उनलाई देख्न पाइने भएको हो ।

गतसाता चलचित्र विकास बोर्डले यो फिल्मलाई निर्माण इजाजत दिएको छ । इजाजतपत्रमा अन्जलीको नाम पनि उल्लेख छ । ‘आहुती’को पहिलो भागको छायांकन जेठमा पूर्वी नेपालको पाँचथरमा सम्पन्न भैसकेको छ ।

दोस्रो भागमा अन्जलीसँगै ‘हर्के हल्दार’ श्रृंखलाबाट चिनिएका कलाकार विष्णु सापकोटाले पनि अभिनय गर्दैछन् । अघिल्लो भागका कलाकार रिहान गिरी, साम्राज्ञी शाह र प्रकाश दूतराजले पनि दोस्रो श्रृंखलामा निरन्तरता पाउनेछन् ।

प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘गलबन्दी’बाट अञ्जली चम्किएकी थिइन् । बोल माया, कल्ले देख्यो रजस्ता गीतको सांगीतिक भिडियोको लागि पनि उनी परिचित छिन् ।

उनले यसअघि रिलिज भएको दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’सहितका केही फिल्ममा एक गीतमा नृत्य गरेकी थिइन् । त्यसअघि उनी फिल्म ‘प्रेमगीत’को अडिसनमा पनि सहभागी भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?