+
+
Shares

विपिन कार्कीले रास्वपा कार्यालय पुगेर रविको पक्षमा हस्ताक्षर गरे

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता विपिन कार्कीले आइतबार काठमाडौँमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेर रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियानमा भाग लिएका छन्।
  • रास्वपा पार्टीले तेस्रो स्थापना दिवसको अवसरमा ७ असारदेखि अभियान सञ्चालन गरिरहेको छ।
  • विपिनको पछिल्लो फिल्म ‘ऊनको स्वीटर’ले घरेलु बक्सअफिसमा १० करोडभन्दा बढी रकमको टिकट विक्री गरेको छ।

काठमाडौँ । अभिनेता विपिन कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पुगेर पार्टीले संचालन गरिरहेको रवि लामिछानेबारेको हस्ताक्षर अभियानमा भाग लिएका छन् ।

आइतबार रास्वपा कार्यालय पुगेर ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान’मा विपिनले हस्ताक्षर गरेका हुन् । आइतबार दिउँसो कार्यालय पुगेर आफूले हस्ताक्षर गरेको विपिनले अनलाइनखबरलाई बताए ।

पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रास्वपाले ७ असारदेखि अभियान संचालन गरिरहेको छ । विपिन अभिनित पछिल्लो फिल्म ‘ऊनको स्वीटर’ले घरेलु बक्सअफिसमा १० करोडभन्दा धेरै रकमको टिकट विक्री गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?