News Summary
Generated by OK AI. Editorially reviewed.- सन्दीप लामिछानेको नेतृत्वमा ब्रिज ११ ले ब्रिज डेकेड कपमा १२७ रनको जित हासिल गर्यो।
- प्रतियोगिता ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको १०औं वार्षिकोत्सवको अवसरमा आयोजना भयो।
- सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई प्रभावशाली जित दिलाए र प्रतियोगिता सामाजिक उत्तरदायित्वको उद्देश्यले भयो।
९ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको नेतृत्वमा ब्रिज ११ ले ब्रिज डेकेड कपको प्रतिस्पर्धामा १२७ रनको शानदार जित हात पारेको छ। कप्तान सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए।
आइतबार सम्पन्न प्रतियोगितामा सन्दीप लामिछाने कप्तानको रूपमा मैदानमा उत्रिँदा ब्रिज ११ ले डेभाइज क्रिकेट क्लबविरुद्ध एकतर्फी खेल प्रस्तुत गर्यो। बल र ब्याट दुबैमा प्रभावशाली प्रदर्शन गर्दै सन्दीपलेआफ्नो टोलीलाई स्पष्ट जित दिलाए।
टस जितेर डेभाइजले बलिङ रोजेपछि ब्रिज ११ का ब्याट्सम्यानहरुले आक्रामक प्रदर्शन गरे । ब्रिज ११ तर्फबाट म्यानी गुरुङले २६ बलमा ५१ रन, दिवश गिरीले ३७ बलमा ६२ रन तथा कप्तान सन्दीप लामिछानेले २४ बलमा तिव्र गतिमा ५४ रन जोडे ।
ब्रिज ११ ले निर्धारित ओभरमा ३०७ रन बनाएको थियो । डेभाइजका जर्ज डनफोर्ड, क्यामरून ली र अल गवले समान रूपमा २–२ विकेट लिए।
जवाफी ब्याटिङमा ओर्लिएको डेभाइज क्रिकेट क्लब ३०८ रनको लक्ष्य पछ्याउने क्रममा १८० रनमै समेटियो । उसको सुरुवातमा थमस एन्ड्र्युले ७१ बलमा १०१ रनको शतकिय इनिङ खेले पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। लुक ह्याम्बलिनले ३९ बलमा १० रनको योगदान दिए ।
ब्रिज ११ का बलरहरूले संयमित प्रदर्शन गरे । मोसेसले २ विकेट तथा गर्दै सन्दीप लामिछानेले १ विकेट, अमित, बिकाश र मार्क बर्टनले समान रूपमा १–१ विकेट लिए ।
ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको स्थापनाको १०औं वार्षिकोत्सव विशेष रूपमा मनाउने उद्देश्यसहित आयोजना गरिएको यो प्रतियोगितामा ब्रिज ११ र डेभाइज क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको हो।
सन्दीप लामिछाने आईसीसी लिग–२ र टी–२० सिरिज खेलेपछि युकेमा भएको यस प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगिताको आयोजना ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने उद्देश्यसाथ गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले १० वर्षे यात्रामा समाजप्रतिको उत्तरदायित्वका रूपमा यस्तो खेल प्रतियोगिता आयोजना गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरे।
कार्यक्रम संयोजक विज्ञान कार्कीले खेलमार्फत स्थानिय समुदाय र खेलप्रेमीबीच आपसी सम्बन्ध सुदृढ गर्न योगदान हुने विश्वास व्यक्त गरे। प्रतियोगितामा प्राविधिक सहयोग पुर्याएको म्याक्स क्रिकेट क्लबका कप्तान म्यानी गरुङले ब्रिज कपको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरे।
त्यस्तै ब्रिज कपका निर्देशक अमित प्रकाश घिमिरेले दशक लामो संस्थागत यात्रासँगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा योगदान दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाए।
प्रतिक्रिया 4