+

पीएसजी फिफा क्लब विश्वकपको अन्तिम १६ मा, एट्लेटिको बाहिरियो

२०८२ असार  १० गते ७:१३ २०८२ असार १० गते ७:१३
पीएसजी फिफा क्लब विश्वकपको अन्तिम १६ मा, एट्लेटिको बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रेन्च क्लब पीएसजी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
  • गएराति भएको समूह बी को खेलमा पीएसजीले सिएटल साउन्डर्सलाई २-० ले हरायो र समूह विजेता बने।
  • पीएसजीको गोलमा भिचा भारासखेलिया र अचरफ हाकिमीले गोल गरे।

१० असार, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन् (पीएसजी) फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति भएको समूह बी को खेलमा अमेरिकी क्लब सिएटल साउन्डर्सलाई २-० ले हराउँदै पीएसजी समूह विजेता बनेर अगाडि बढेको हो ।

भिचा भारासखेलिया र अचरफ हाकिमीले पीएसजीका लागि गोल गरेका थिए। यसअघि एट्लेटिको मड्रिडमाथि ४-० को ठुलो जितले पनि पीएसजीको गोलअन्तर बलियो बनाएको थियो।

यता यसै समूहको अर्को खेलमा बोटाफोगोलाई हराएपनि एट्लेटिको भने गोलअन्तरका आधारमा पछाडि रहँदै अघि बढ्न सकेन ।

अन्तिम समयमा एन्टोइन ग्रिज्मानको गोलबाट १-० को जित निकालेपनि एट्लेटिको बाहिरिँदा बोटाफोगो नै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

पीएसजीसँगको फराकिलो हारले एट्लेटिकोको यात्रा समूह चरणमै टुंगियो। बोटाफोगोले भने पीएसजीलाई १-० ले हराएको थियो जसका कारण उसको अघिल्लो चरण सम्भावना बलियो बनेको थियो ।

समूह बी मा पीएसजी, बोटाफोगो र एट्लेटिको मड्रिडको समान ६-६ अंक भएको छ । गोलअन्तरका आधारमा पीएसजी शीर्षमा, बोटाफोगो दोस्रोमा र एट्लेटिको तेस्रोमा रहे ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय