+

फिफा क्लब विश्वकप : युभेन्ट्सलाई हराउँदै सिटी समूहविजेता

२०८२ असार  १३ गते ७:३८ २०८२ असार १३ गते ७:३८
फिफा क्लब विश्वकप : युभेन्ट्सलाई हराउँदै सिटी समूहविजेता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यानचेस्टर सिटीले युभेन्ट्सलाई ५–२ को फराकिलो अन्तरले पराजित गरी समूह ‘जी’ मा शीर्ष स्थान हात पारे।
  • खेलको नवौं मिनेटमा जेरेमी डोकुले गोल गरेपछि सिटीले अग्रता लियो, र दोस्रो हाफमा थप गोलहरू गरे।
  • यही जितसँगै म्यानचेस्टर सिटीले समूह ‘जी’ मा शतप्रतिशत जितसहित अन्तिम १६ मा प्रवेश गर्‍यो।

१३ असार, काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले युभेन्ट्सलाई ५–२ को फराकिलो अन्तरले पराजित गर्दै समूह विजेता बनेको छ।

गएराति ओरल्याण्डोमा भएको समूह ‘जी’ अन्तर्गतको अन्तिम खेलमा सिटीले आक्रामक प्रदर्शन गर्दै तीन खेलमा तीनै जितसहित शीर्ष स्थान हात पार्‍यो।

खेलको नवौं मिनेटमा जेरेमी डोकुले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेटपछि नै ११औं मिनेटमा तियन कोपमेइनर्सले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

२६औं मिनेटमा युभेन्ट्सका पियरे कालुलुबाट आत्मघाती गोल भएपछि सिटी २–१ ले अघि बढ्यो।

दोस्रो हाफको ५२औं मिनेटमा एर्लिङ हालान्डले गोल गरे भने ६९औं मिनेटमा फिल फोडेन र ७५औं मिनेटमा साभिन्होको गोलमार्फत सिटी ५-१ ले अगाडि रह्‍यो ।

८४औं मिनेटमा दुसान भ्लाहोभिकले गोल गर्दै युभेन्ट्सको हारको अन्तर केही घटाए ।

यस जितसँगै म्यानचेस्टर सिटी समूह ‘जी’ मा शतप्रतिशत जितसहित अन्तिम १६ मा प्रवेश गरेको छ। युभेन्ट्स भने दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको छ।

यही समूहको अर्को खेलमा अल अइन एफसीले वाइदादलाई २-१ गोलअन्तरले हरायो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय