News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट टोलीले अगस्टमा अष्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिजमा सहभागी हुनेछ।
- सिरिजमा ११ टिम र ६ वटा घरेलु अष्ट्रेलियाली टिम सहभागी हुनेछन्, जसको पूर्ण तालिका चाँडै सार्वजनिक हुनेछ।
- नेपालले अक्टोबरमा आईसीसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया छनोट खेल्दैछ, र सिरिज तयारीका लागि महत्वपूर्ण हुनेछ।
१३ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीले आउँदो अगस्टमा टी–२० विश्वकप छनोटको तयारीस्वरूप अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा सहभागी हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने जनाएको हो ।
नेपालले अक्टोबरमा आईसीसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया पेसिफिक छनोट खेल्दै छ । त्यसको तयारीका लागि पनि यो सिरिज महत्वपूर्ण हुनेछ। नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि ऐतिहासिक टी-२०आई शृंखला खेल्दै छ ।
नेपालले उक्त सिरिजमा कम्तीमा ६ वटा टी–२० खेलहरू खेल्नेछ जुन् खेलहरू डिएक्ससी एरेना, टीआईओ स्टेडियम र काजाली एरेनामा हुनेछ। अष्ट्रेलियाको मैदानमा प्रतिस्पर्धा गर्नु नेपाली खेलाडीका लागि ठूलो अवसर हुने क्यानले जनाएको छ ।
टप एन्ड टी–२० सिरिजको पूर्ण तालिका र सहभागी टिमहरूको सूची चाँडै सार्वजनिक गरिने क्यानले जानकारी दिएको छ।
टप एण्ड टी-२० सिरिजमा चारवटा अन्तर्राष्ट्रिय टिमसहित कुल ११ टिम सहभागी हुनेछन्, जसमा ६ अष्ट्रेलियाका राज्य प्रतिनिधित्व गर्ने घरेलु टिम र स्थानीय टिम एनटी स्ट्राइक छ।
गत वर्षको टप एन्ड टी–२० सिरिज १२९ भन्दा बढी देशमा प्रशारण भएको थियो, जसले लाखौं दर्शक संख्या प्राप्त गरेको थियो।
प्रतिक्रिया 4