
१४ असार, विराटनगर । विराटनगरमा बिहे घरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार राति १ बजे करेन्ट लागेर विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतकका छिमेकी कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्रममा साउण्ड सिस्टमका लागि जोडेको तारमा लड्दा शुक्रबार राति अमितलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4