+

एएफसी महिला एसियन कप छनोट : नेपाल र लाओसबीचको खेल आज

२०८२ असार  १५ गते ७:४२ २०८२ असार १५ गते ७:४२
एएफसी महिला एसियन कप छनोट : नेपाल र लाओसबीचको खेल आज

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला टोलीले आज उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा लाओससँग खेल्दैछ।
  • खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ र यो टोलीको १००औं अन्तर्राष्ट्रिय खेल हो।
  • छनोटको समूह एफमा रहेको नेपालले जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ।

१५ असार, काठमाडौं । उज्बेकिस्तानमा आजदेखि सुरु हुने  एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले आज लाओससँग खेल्दै छ ।

खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको यस खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्न चाहन्छ । ऐतिहासिक खेलमा नेपाली खेलाडीहरू पनि उत्साहित छन् ।

महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । फिफा वरियतामा नेपाल १००औं तथा लाओस १०७औं स्थानमा छन् ।

पुरुष फुटबलमा नेपाल र लाओस पहिल्लो समयमा भेट भइरहेपनि महिला फुटबलमा भने यसअघि कुनै खेल भएको थिएन । त्यसैले दुवै टिमका लागि नौलो प्रतिद्वन्दी हुनेछ ।

यस्तै नवनियुक्त बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डका लागि पनि यो नेपाली राष्ट्रिय महिला टिममा डेब्यू खेल हुनेछ । अन्तर्राष्ट्रिय स्तरमा दुई दशकको अनुभव भइसकेपनि उनले पूर्ण रुपमा कुनै पनि राष्ट्रिय टिमको सिनियर टिमको प्रशिक्षण सम्हालेको यो पहिलो पटक हो ।

यद्यपी छनोटको पहिलो खेल खेल खेल्ने दिनसम्म पनि नेपाली टिमको कप्तान भने घोषणा भएको छैन । यसअघि गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नेपालको कप्तानी गर्दै आएकी थिइन् । यस पटक प्रशिक्षक वाइल्डले अन्तिम समयमा कप्तान रोज्ने बताएका थिए ।

उनले पहिलो रोजाईमा मैदान उत्रने खेलाडीबाटै कप्तान रोज्ने सम्भावना छ । यदी एन्जिलाले कप्तानी गर्ने अवसर नपाएमा नेपालले नयाँ कप्तान पाउन सक्छ ।

लाओसका प्रशिक्षक चोङ सोङ चोङले छनोटमा सहभागी सबै टिम राम्रो रहेको बताउँदै प्रतिस्पर्धात्मक हुने बताएका छन् । उनले लाओसको पुरुष टिमले नेपाललाई भर्खरै हराएको भन्दै महिला टिमबाट पनि त्यो आशा रहेको बताए ।

‘भर्खरै हाम्रो पुरुष टिमले नेपाललाई हराएको छ । अहिले महिला टिमलाई पनि त्यस्तै अवसर छ । खेल रोमाञ्चक हुने विश्वास छ’ उनले भने ।

छनोटको समूह एफमा रहेको नेपालसहित घरेलु टोली उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । श्रीलंकासँग ८ खेलमा नेपाल अपराजित छ भने उज्बेकिस्तानलाई हराउन सकेको छैन । उज्बेकिस्तान सबैभन्दा बलियो टोलीका रूपमा छ ।

समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।

एएफसी महिला एसियन कप छनोट नेपाली महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय