+
+
Shares

नाचगान गर्दै कलाकारको धान रोपाइँ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोक संचारकर्मी संघले गोकर्णेश्वरमा धान रोपाइँ कार्यक्रम आयोजना गरी राष्ट्रिय दिवस मनायो।
  • कार्यक्रममा कलाकार र स्थानीय निकायका प्रतिनिधिहरूले धान रोपे र सांस्कृतिक प्रस्तुतिहरू दिए।
  • संघका अध्यक्षले नेपाल कृषिमा आत्मनिर्भर हुन आवश्यक रहेको बताए।

काठमाडौं । संस्कृति प्रवर्धनको उद्देश्यसहित कलाकारले धान रोपाइँ गर्दै राष्ट्रिय दिवस मनाएका छन् । लोक संचारकर्मी संघले गोकर्णेश्वर ७ शिवचोकको फाँटमा आयोजना गरेको धान रोपाईं कार्यक्रममा उनीहरूले सहभागिता जनाए ।

आइतबार देशभर धान दिवस र दहीच्युरा खाएर असारे १५ मनाइएको छ । यो अवसरमा गोकर्णेश्वर नगरपालिकासँग मिलेर कलाकारले धान दिवस मनाएका हुन् ।

नगरप्रमुख दीपक रिसालसहित कलाकार नारायण रायमाझी, बद्री पँगेनी, नवीन पौडेल, मञ्जु पौडेल, सरोज लामिछाने र लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, मोडल एलिजा गौतमले धान रोपे ।

कार्यक्रममा रायमाझीसहित घाँसेगीतका ज्ञाता शिवनारायण जोशी, उमा श्रेष्ठ, इन्द्रेणी लाइभ दोहोरीकी गायिका आयुशा गौतमले प्रस्तुति दिए । लोकसंचारकर्मी संघका अध्यक्ष चन्द्रमणी गौतमले नेपाल कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने सन्देश संस्थाले लिएको बताए ।

तस्वीर : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?