+

यी हुन् साविक विजेता जनकपुरले रिटेन गरेका खेलाडीहरू

२०८२ असार  १९ गते १६:०३ २०८२ असार १९ गते १६:०३
यी हुन् साविक विजेता जनकपुरले रिटेन गरेका खेलाडीहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुर बोल्ट्सले आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ।
  • जनकपुर गत सिजनको विजेता टोली हो।
  • एनपीएलको दोस्रो सिजनको लागि मिनी अक्सन अगस्टमा हुने निश्चित छ।

१९ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ ।

जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् ।

गत सिजन रुपेश सिंह चोटका कारण प्रतियोगिता नखेल्ने भएपछि मयन यादवलाई टिममा भित्र्याइएको थियो । रुपेशले नेपालको सिनियर टोलीबाट टी-२०आईमा डेब्यू गरिसकेका छन् ।

जनकपुर बोल्ट्स एनपीएलको साविक विजेता टोली हो । गत सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको थियो ।

हालसम्म चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स र कर्णाली याक्सले रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।

एनपीएलको दोस्रो सिजनका लागि मार्कीबाहेक ६ खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ । आगामी अगस्टमा एनपीएलको मिनी अक्सन पनि हुने तय छ ।

जनकपुर बोल्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय