
१९ असार, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएकी छन् ।
केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा भाग लिन पाउने तर चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताइन् । प्रदेश प्रतिनिधिहरूनै प्रदेश कार्यसमितिमा आउनुपर्ने उनको धारणा छ ।
केन्द्रीय सदस्य थपलियाले पार्टीमा युवा प्रतिनिधितब बढाउन पनि माग गरिन् । त्यसका लागि पार्टी केन्द्रीय समिति, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उमेदवार छानणदा ४० वर्ष मुनिका २०% युवा अनिवार्य गर्न प्रस्ताव गरिन् ।
थपलियाले पार्टीको वडा कार्यसमितिलाई बजबुत बनाउन केन्द्रले छुट्टै कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएकी छन् । ‘खल्तीबाट बजेट हाल्ने सिस्टम गलत छ । आयोजना बैंक बनाएर आवश्यकताअनुसार बजेट हाल्ने गर्नुपर्छ । यसो भएमा बिचौलिया र कर्मचारीतन्त्र हाबी हुन रोकिन्छ,’ बैठकमा उनले भनिनन् ।
त्यस्तै भातृसंस्थाका बारेमा बोल्दै नेविसंघ पूर्वमहामन्त्री समेत रहेकी थपलियाले भातृ तथा शुभेच्छुक सस्थाको अधिवेशन २/२ वर्षमा अधिवेशन अनिवार्य गरौ । नियमित अधिवेशन हुन नसके सम्बन्धित तहका पार्टी नेतृत्वले समयअधिमन अधिवेशन नभए नेतृत्व चयन गर्न सक्ने व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।
प्रतिक्रिया 4