News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राजिलियन क्लब फ्लुमिनेसले फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गर्यो।
- उसले क्वाटरफाइनलमा अल हिलाललाई २–१ ले पराजित गर्यो।
- फ्लुमिनेसले अब चेल्सीसँग फाइनलको लागि प्रतिस्पर्धा गर्नेछ।
२१ असार, काठमाडौं । ब्राजिलियन क्लब फ्लुमिनेस फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा साउदी क्लब अल हिलाललाई २–१ ले पराजित गर्दै अल हिलाल अगाडि बढेको हो ।
अमेरिकाको अर्लान्डोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिलियन क्लब फ्लुमिनेसले सशक्त प्रदर्शन गर्दै जित हात पारेको हो।
खेलको ४०औं मिनेटमा म्याथियस मार्टिनेलीले पेनाल्टी बक्सबाहिरबाट शानदार लेफ्ट फुटेड शट प्रहार गर्दै फ्लुमिनेसलाई अग्रता दिलाए।
दोस्रो हाफको ५१औं मिनेटमा अल हिलालका मार्कस लियोनार्डोले कालिडु कुलिबालीको पासमा बराबरी गोल फर्काए।
तर खेलको ७०औं मिनेटमा फ्लुमिनेसका हरक्युलेसले बक्सभित्रको बललाई नियन्त्रणमा लिँदै निर्णायक गोल गर्दै टिमलाई २–१ को जित दिलाए।
अब फ्लुमिनेसले फाइनल प्रवेश गर्नका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ।
 
                    










 २०८२ असार  २१ गते ८:५७
                        २०८२ असार  २१ गते ८:५७                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4