News Summary
Generated by OK AI. Editorially reviewed.- चेल्सीले फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा ब्राजिलको पाल्मेइरासलाई २-१ गोलले पराजित गरी सेमिफाइनल प्रवेश गर्यो।
- खेलमा कोल पाल्मरले एक गोल गरे र वेभर्टनको आत्मघाती गोलले चेल्सीलाई जित दिलायो।
- चेल्सीले अब सेमिफाइनलमा फ्लुमिनेससँग प्रतिस्पर्धा गर्नेछ।
२१ असार, काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार विहान भएको क्वाटरफाइनल खेलमा ब्राजिलको पाल्मेइरासलाई २-१ गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम ४ मा स्थान बनाएको हो ।
चेल्सीको जितमा कोल पाल्मरले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । पाल्मेइरासका एस्तिभाओले गरेको गोल सान्त्वना बन्यो ।
खेलको १६औं मिनेटमा पाल्मरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५३औं मिनेटमा एस्तिभाओले गोल गरेपछि पाल्मेइरास खेलमा फर्कियो ।
निर्धारित समयको खेल बराबरीमै सकिने अवस्थामा पुगिरहँदा ८३औं मिनेटमा वेभर्टनबाट आत्मघाती गोल भएपछि चेल्सी खेलमा अगाडि आयो ।
त्यसपछि थप गोल भएनन् र चेल्सी २-१ को जितसहित सेमिफाइनलमा प्रवेश गर्यो । चेल्सीले अब सेमिफाइनलमा फ्लुमिनेससँग खेल्ने छ ।
प्रतिक्रिया 4