
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेयर बजार आज २२.०४ अंक बढेर २७०५ मा पुगेको छ।
- बजारमा १९९ कम्पनीको मूल्य बढ्दा ४९ कम्पनीको मूल्य घटेको छ।
- बजारको पूँजीकरण रकम ४५ खर्ब ८ अर्ब पुगेको छ।
२५ असार, काठमाडौं । बुधबार फेरि सेयर बजारले २७ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.०४ अंक बढेसँगै २७०५ मा पुगेको छ ।
१९९ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो ।
बजारलाई आज सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङले नेतृत्व गर्यो । सो समूह सबैभन्दा धेरै १.६८ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.३४, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०.५४, लगानी १.३७, जीवन बीमा ०.२४, उत्पादन तथा प्रशोधन ०.९५, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.२४, अन्य ०.३० तथा व्यापार ०.३४ प्रतिशत बढे ।
फाइनान्स समूह ०.३८ प्रतिशत घट्यो । बरुण हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ६.२१ प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ४.२८, एनआईसी एसिया बैंकको ३.९३, सीईडीबी होल्डिङ्सको ३.८८, न्यादी हाइड्रोपावरको ३.७४ प्रतिशत मूल्य बढ्यो ।
आज मूल्य धेरै बढेका वाणिज्य बैंकमा एनआईसी एसियापछि माछापुच्छ्रे, लक्ष्मी सनराइज, कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, प्रमु र कुमारी क्रमशः छन् ।
ग्रिन डेभलपमेन्ट बैंकको ४.४१ प्रतिशत मूल्य घट्यो । पिपुल्स हाइड्रोपावरको २.७७, राप्ती हाइड्रोको २.४४ तथा खानीखोला हाइड्रोको २.२९ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि छन् । बजारको पूँजीकरण रकम ४५ खर्ब ८ अर्ब पुगेको छ ।
प्रतिक्रिया 4