+
+
Shares

‘यो मन त मेरो नेपाली हो’को काठमाडौं प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'यो मन त मेरो नेपाली हो'को प्रिमियर बुधबार बिग मूभिज हलमा सम्पन्न भयो।
  • निर्देशक तुलसी घिमिरेले फिल्मले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्धन गर्ने प्रयास गरेको बताए।
  • अभिनेता राजाराम पौडेलले फिल्मलाई हरेक नेपालीले हेर्नुपर्ने बताए र लोकगायिका ज्योति मगरले विषयवस्तुको प्रशंसा गरिन्।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को प्रिमियर गरिएको छ । बुधबार साँझ बिग मूभिज हलमा आयोजित समारोहमा अतिथिले फिल्म हेरे ।

देशभक्ति प्रवर्धनको कथावस्तुमा आधारित यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । प्रिमियरमा फिल्मकर्मी, संचारकर्मी लगायतको बाक्लो उपस्थिती थियो ।

फिल्म हेरेपछि निर्देशक तुलसी घिमिरेले यसले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्धन गर्ने प्रयास गरेको बताए । उनले भने, ‘फिल्मले नयाँ पुस्ता मात्र होइन, अहिलेको पुस्तालाई समेत नेपाली भाषाप्रति जिम्मेवार बनाउने सन्देश दिएको छ ।’

अभिनेता राजाराम पौडेलले नेपालीपनले भरिएको कथा, देशभक्तिपूर्ण भावनाले भरिएको प्रस्तुति र नेपाली भाषाको महत्व झल्काउने प्रयासका कारण फिल्मलाई हरेक नेपालीले हेर्नुपर्ने बताए ।

निर्देशक अशोक शर्माले यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । लोकगायिका ज्योति मगरले सबै नेपालीले हेर्नुपर्ने फिल्म बनेको बताउँदै विषयवस्तुको प्रशंसा गरिन् ।

‘भ्वाइस अफ नेपाल’का होस्ट सुशील नेपालले विदेशमा हँदा नेपाली भाषा, साहित्य, कला र देशको महत्व थाहा हुने हुँदा फिल्मले यो सबै कुरा देखाउन खोजेको बताए । उनले राज्यले यस्ता फिल्मलाई कर छुट दिनुपर्ने सुझाव पनि दिए ।

प्रिमियर समारोहमा बद्री पँगेनी, राधिका हमाल, कमल राई, राजेन्द्र सलभ, ऋषि लामिछाने, पूर्वसांसद महेन्द्र लिम्बु, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल, निर्माता राजकुमार राई, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली लगायत सहभागी थिए ।

फिल्मका कलाकार विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङले दर्शकले फिल्म रुचाउनेमा आशावादी रहेको बताए ।

निर्देशक मित्र प्रधान (नर)ले प्रिमियरमा पाएको प्रतिक्रियाले हौसला मिलेको बताए । प्रिमियरमा सहभागी हुन अमेरिकाबाट समाजसेवी तथा गगीतकार पञ्चम तामाङ पनि आएका थिए ।

पद्मा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान रोशनले निर्माण गरेका हुन् । फिल्ममा नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौलाको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?